लन्डन – बेलायतमा भएको बहुचर्चित विष आक्रमणको घटनामा रसिया नै दोषी रहेको विश्वास अमेरिकाले व्यक्त गरेको छ ।
रसियाका पूर्व गुप्तचर र उनकी छोरीलाई बेलायतमा विष खुवाएर हत्या गर्न लागेको भन्ने बेलायतको आरोपलाई अमेरिकाले समर्थन गरेको हो ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘विष आक्रमणका बारेमा बेलायतले जे ठहर गरेको छ, अमेरिकालाई पनि त्यही लागेको छ ।’
‘पूर्व गुप्तचर र उनकी छोरीलाई विष खुवाउन लागिएको घटनामा रसिया दोषी छ भन्ने अमेरिकाको विश्वास हो’- वक्तव्यमा उल्लेख गरिएको छ ।
अमेरिकाले बेलायतको समर्थन गर्ने बताउदै रसियासँगको कुटनीतिक सम्बन्धमा पनि अमेरिका बेलायतसँगै रहेको वक्तव्यमा जनाइएको छ ।
यसअघि बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले यही विषयलाई लिएर २३ जना रसियाली कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको छ ।
छैसठ्ठी बर्षीय पूर्व रसियाली गुप्तचर सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा देश निकालाको घोषणा गरिएकालाई एक हप्ताभित्र देश छोड्न समय दिइएको छ ।
यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । तर, रसियाली सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ ।
प्रधानमन्त्री मेले रसियासँगको कूटनीतिक सम्बन्धलाई टुटाउन भने नचाहेको स्पष्ट पार्नुभएको छ । तर दुईपक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी