लन्डन – बेलायतमा भएको बहुचर्चित विष आक्रमणको घटनामा रसिया नै दोषी रहेको विश्वास अमेरिकाले व्यक्त गरेको छ ।
रसियाका पूर्व गुप्तचर र उनकी छोरीलाई बेलायतमा विष खुवाएर हत्या गर्न लागेको भन्ने बेलायतको आरोपलाई अमेरिकाले समर्थन गरेको हो ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘विष आक्रमणका बारेमा बेलायतले जे ठहर गरेको छ, अमेरिकालाई पनि त्यही लागेको छ ।’
‘पूर्व गुप्तचर र उनकी छोरीलाई विष खुवाउन लागिएको घटनामा रसिया दोषी छ भन्ने अमेरिकाको विश्वास हो’- वक्तव्यमा उल्लेख गरिएको छ ।
अमेरिकाले बेलायतको समर्थन गर्ने बताउदै रसियासँगको कुटनीतिक सम्बन्धमा पनि अमेरिका बेलायतसँगै रहेको वक्तव्यमा जनाइएको छ ।
यसअघि बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले यही विषयलाई लिएर २३ जना रसियाली कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको छ ।
छैसठ्ठी बर्षीय पूर्व रसियाली गुप्तचर सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा देश निकालाको घोषणा गरिएकालाई एक हप्ताभित्र देश छोड्न समय दिइएको छ ।
यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । तर, रसियाली सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ ।
प्रधानमन्त्री मेले रसियासँगको कूटनीतिक सम्बन्धलाई टुटाउन भने नचाहेको स्पष्ट पार्नुभएको छ । तर दुईपक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा