लन्डन । ‘मिसेस नेपाल यूके २०१७ टिम’ लन्डनमा एउटा च्यारिटी डिनरको तयारीमा जुटेको छ । टिमले भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ आगामी ११ मार्च सांझ च्यारिटी डिनर गर्न लागेको हो । शुक्रबार सांझ मिसेस नेपाल यूके २०१७ टिम कार्यक्रमको तयारीबारे अवगत गराउन सञ्चारकर्मीमाझ प्रस्तुत भए ।
पत्रकार सम्मेलनमा आयोजकले साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा च्यारिटी गर्न लागिएको जानकारी दिए । अन्य च्यारिटी भन्दा पृथक बनाउने उनीहरुको योजना छ । नाटक, सांस्कृतिक कार्यक्रम र डिनरसहित हुने उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीलगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।
आयोजकले आफूहरुको निस्वार्थ सामाजिक कामका लागि चन्दा तथा प्रायोजन गरि सहयोग गरिदिन अपिल गरेका छन् । मिसेस नेपाल यूके २०१७ विजेताले आफूहरुमा समेत सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै जोखिममा बांचिरहेका बालबालिकाकालाई सहयोग गर्न च्यारिटी गर्ने सोच बनाइएको प्रष्टयाए ।
पत्रकार सम्मेलनमा एनआरएनए यूके महासचिव आर के त्रिपाठीले संघ र आफ्नो व्यक्तिगत तर्फबाट च्यारिटीलाई आर्थिक सहयोग हुने आश्वासन दिए ।
कार्यक्रममा मिसेस नेपाल यूके संस्थापक मनिषा डंगोल श्रेष्ठसहित आयोजकका तर्फबाट आस्था जोशी, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, मन्जु शाह, शर्मिला पछाइ थापा र अन्जु श्रेष्ठ सहभागी थिए । उनीहरुले पत्रकारहरुको जिज्ञासा मेटाउंदै सामूहिक स्वरमा च्यारिटी डिनर सफल बनाइदिन अपिल गरे ।
तस्विर- शिव भण्डारी
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग