संसारकै सबैभन्दा धनी खेलाडीमध्ये एक हुन् फ्लोयड मेवेदर । उनी सधैं आफ्नो प्राइभेट जीवनशैलीका कारण चर्चामा आउने गर्छन् । २४ फ्रेबुअरीमा उनले आफ्नो ४१ औं जन्मदिन सेलिब्रेट गरेका यी स्टारलाई ‘मनी म्यान’ पनि भनिन्छ ।
यसको कारण के हो भने मेवेदरको घरमा सदैव नोट अत्रतत्र बिग्रिरहेको अवस्थामा भेटिन्छन् । उनले आफ्नो झोलामा सबै क्यास लिएर हिड्छन् । करिब ४ हजार करोड भारतीय रुपैयाँ नेटवर्थ भएका मेवेदरलाई आफ्नो बैंक ब्यालेन्स र क्यास निकै प्रिय लाग्छन् ।
अहिले उनी आफूले खरिद गरेको नयाँ प्राइभेट जेटका कारण चर्चामा छन् । उनी अहिले त्यसैमा दुनियाँ सयरमा छन् । हालै उनले सोसल मिडिया एकाउण्टमा मेक्सिको र हङकङमा मस्ती गरिरहेको फोटोहरु सेयर गरेका छन् ।

हालै ‘वर्थ डे सेलिब्रेसन’ गरेका उनले आफ्नो लागि करोडौं मुल्य पर्ने एक प्राइभेट जेट र करिब ३ करोड भारतीय रुपैयाँ पर्ने लक्जरी कार किने । उनले आफ्नो नयाँ जेटको फोटो सेयर गर्दा आफूले बर्थ डेमा नयाँ जेट किनेको बताएका छन् ।
यो उनको तेस्रो प्राइभेट जेट हो । यस नयाँ प्राइभेट जेटमा क्रु मेम्बर्सलाई मिलाएर जम्मा १४ जना अट्छन् । उनले आफ्नो नयाँ जेटको बाहिर तःतः लेखेका छन्, जसको अर्थ हुन्छ, ‘द मनी टीम’ । उनले आफ्नो वर्थ डेमा रोल्स रोयस कार पनि आफैलाई गिफ्ट गरेका छन् ।

बक्सिङ लिजेण्ड फ्लोयड मेवेदरको नाममा लगातार ५० खेलमा अविजित रहनेको रेकर्ड छ । यसपछि उनले ‘रिटायरमेन्ट’ लिए । अगस्त २०१७ मा मेवेदरले बक्सिङको सबैभन्दा महंगो प्रतिस्पर्धामा ‘मिक्सड मार्सल आर्ट सुपरस्टार’ कोनोर मैकग्रेगोरलाई हराएर ५० औं जित दर्ज गरेका थिए ।

यो फाइट जितेपछि उनलाई करिब १०० मिलियन डलर पुरस्कार मिलेको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते