लण्डन । पछिल्लो समय नेपाली गीत संगीतको दायरा फराकिलो बन्दै गइरहेको छ । नेपालमा मात्र नभएर प्रवासमा रहेर पनि यस पेशालाई अंगाल्नेको संख्या दिनहुं बढ्दो छ ।
त्यस्तै नेपाल बुटवल घर भई ९ बर्षदेखि बेलायत बस्दै आएका नव गायक सन्तोष बिक आफ्नो नयाँ गीत ‘जुनी जुनी’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा उदाउने प्रयासमा छन् ।
‘लामो समयदेखि गीत संगीतमा रुची हुँदा हुँदै पनि प्रवासी जीवनको व्यस्ततालाई छिचोल्दै अहिले आएर आफूभित्र भएको प्रतिभालाई बाहिर लिएर आउने जमर्को गर्दै छु, साथै यसै गीतको भिडियो पनि निर्माण गर्दै छु’- सन्तोषले बताए ।
मिडिया सम्बन्धी कुनै पनि कार्यका लागि बेलायतबासी नेपालीको पहिलो रोजाईमा पर्ने संचारकर्मी कुशल श्रेष्ठले भिडियोको निर्देशन गर्दैछन् । साथै छायांकन र सम्पादन पनि श्रेष्ठकै रहने छ । स्तरीय भिडियो निर्माण र मिडिया प्रमोटमा समेत सहयोग पुर्याउने भएकोले निर्देशक श्रेष्ठ नव गायकहरुको पहिलो रोजाईमा पर्ने गरेका हुन् ।
नव गायक सन्तोष बिकको पहिलो भिडियो ‘जुनी जुनी’ मा गायक स्वयम् मोडलको रुपमा प्रस्तुत हुँदैछन् भने ‘फिमेल मोडल’ फाइनल नभएको निर्देशक श्रेष्ठले बताए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते