भ्यालेन्टाइन डे को दिनमा
माया साटासाट गर्ने दिनमा
मायासंग माया मात्रै हैन
मायासंग पैसा साटिएको छ
पैसासंग माया साटिएको छ
दिलसंग दिल मात्रै हैन
दिलसंग उपहार
र, उपहारसंग दिल पनि साटिएको छ ।
भ्यालेन्टाइन डे को दिनमा
मायाको नाममा उपहार फस्टाएको छ
उपहारको नाममा ब्यापार फस्टाएको छ
व्यापारको नाममा ब्यापारी फस्टाएको छ
माया अब माया मात्रै रहेन
यो नाफा घाटाको ब्यापार रहयो
यो उपहारको जोड घटाउ रहयो
यो लिने दिनेको मोलमोलाई रहयो
त्यसैले भ्यालेन्टाइन डे अब
भ्यालेन्टाइन डे मात्रै रहेन
यो त मायाको नाममा ब्यापार भयो ।
यहाँ मायाको नाममा
वा, भ्यालेन्टाइन डे को नाममा
रोजको ब्यापार बढेको छ
कार्डको ब्यापार बढेको छ
उपहारको ब्यापार बढेको छ
विज्ञापनको बिगबिगी बढेको छ
व्यापारको चलखेल बढेको छ
मायाको बिज्ञापन बढेको छ ।
माया ब्यापार हैन
माया उपहार मात्रै हैन
माया देखाउनु मात्रै हैन
माया कुनै नाफा घाटा हैन
माया त दिलसंग दिल जोडिनु हो
माया त एउटा मुटुलाई
अर्को मुटुले निस्वार्थ स्वीकार गर्नु हो
माया पैसामा हैन
माया कार्डमा हैन
माया उपहारमा हैन
माया त मन, मुटु र मष्तिस्कमा हुन्छ
एउटा दिलको माया अर्कोमा सुनिन्छ
एउटा मायाको ढुकढुकी अर्कोमा सुनिन्छ
साँचो माया कुनै उपहार बिना नै सुनिन्छ ।
आजकलको कस्मेटिक दुनियाँमा
यहाँ मायाको नाममा
सच्चा माया चाहिएको छ
भ्यालेन्टाइन डे को नाममा
सच्चा भ्यालेन्टाइन चाहिएको छ
मायासंग माया साट्ने
र, एउटा दिलसंग अर्को दिल सांटने
साँचो प्रेमी र प्रेमिका चाहिएको छ
यहाँ साँच्चै माया सांटने
भ्यालेन्टाइन डे चाहिएको छ ।
१४ फेब्रुवरी २०१८
लन्डन, बेलायत ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश