लन्डन । बेलायतस्थित ग्लोवल पोलिसी फोरम फर नेपालले नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षाका लागि सहयोग गर्ने भएको छ । फोरमले २३ -२४ फेब्रुअरीमा काठमाडौंमा हुने ‘नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षा’ विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका विद्वानहरु बोलाइ उनीहरुका देशको अनुभवबाट नेपालले पनि फाइदा लिन सकोस् भन्ने अभिप्रायले एक अन्तरक्रिया गर्ने भएको छ ।
नेपालको त्रिभुवन विश्वविद्यालय लगायत सातवटै विश्वविद्यालय, विदेशका ६ वटा विश्वविद्यालय र ग्लोवल पोलिसी फोरम फर नेपालको संयुक्त तत्वावधानमा नेपालको उच्च शिक्षण संस्था र उच्च विद्यालय संघले आयोजना गर्न लागेको उक्त उच्चस्तरिय अन्तर्राष्ट्रिय सम्मेलनमा ग्लोवल पोलिसी फोरम फर नेपालको तर्फबाट अमेरिकामा कार्यरत प्राध्यापक उपेन्द्र आचार्य र बेलायतमा कार्यरत प्रा. पदम सिम्खडाले नेतृत्व गर्ने भएका छन् ।
प्राध्यापक आचार्यले संयोजन गर्ने उक्त विशेष अन्तरक्रियामा सहभागी हुन संसारका विभिन्न देशका अनुभवी प्राज्ञहरुलाई फोरमले आमन्त्रण गरेको छ ।
उक्त फोरमका संस्थापक सदस्य स्वीडेनस्थित प्राध्यापक कटक मल्ले ‘गुणात्मक शिक्षा प्रवर्धनमा स्वीडेनको अनुभव’ सम्बन्धि एक कार्यपत्र प्रस्तुत गर्दैछन् । त्यसैगरि, फोरमका कार्यकारी सदस्यहरु अमेरिकामा कार्यरत प्राध्यापक शिव गौतम र डा. अम्बिका अधिकारीले पनि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको अध्यक्षतामा तीन वर्ष अघि स्थापित फोरमले विभिन्न प्रकारका प्राज्ञिक कार्यक्रम गरि नेपालको नीति निर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते