लन्डन । बेलायतस्थित ग्लोवल पोलिसी फोरम फर नेपालले नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षाका लागि सहयोग गर्ने भएको छ । फोरमले २३ -२४ फेब्रुअरीमा काठमाडौंमा हुने ‘नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षा’ विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका विद्वानहरु बोलाइ उनीहरुका देशको अनुभवबाट नेपालले पनि फाइदा लिन सकोस् भन्ने अभिप्रायले एक अन्तरक्रिया गर्ने भएको छ ।
नेपालको त्रिभुवन विश्वविद्यालय लगायत सातवटै विश्वविद्यालय, विदेशका ६ वटा विश्वविद्यालय र ग्लोवल पोलिसी फोरम फर नेपालको संयुक्त तत्वावधानमा नेपालको उच्च शिक्षण संस्था र उच्च विद्यालय संघले आयोजना गर्न लागेको उक्त उच्चस्तरिय अन्तर्राष्ट्रिय सम्मेलनमा ग्लोवल पोलिसी फोरम फर नेपालको तर्फबाट अमेरिकामा कार्यरत प्राध्यापक उपेन्द्र आचार्य र बेलायतमा कार्यरत प्रा. पदम सिम्खडाले नेतृत्व गर्ने भएका छन् ।
प्राध्यापक आचार्यले संयोजन गर्ने उक्त विशेष अन्तरक्रियामा सहभागी हुन संसारका विभिन्न देशका अनुभवी प्राज्ञहरुलाई फोरमले आमन्त्रण गरेको छ ।
उक्त फोरमका संस्थापक सदस्य स्वीडेनस्थित प्राध्यापक कटक मल्ले ‘गुणात्मक शिक्षा प्रवर्धनमा स्वीडेनको अनुभव’ सम्बन्धि एक कार्यपत्र प्रस्तुत गर्दैछन् । त्यसैगरि, फोरमका कार्यकारी सदस्यहरु अमेरिकामा कार्यरत प्राध्यापक शिव गौतम र डा. अम्बिका अधिकारीले पनि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको अध्यक्षतामा तीन वर्ष अघि स्थापित फोरमले विभिन्न प्रकारका प्राज्ञिक कार्यक्रम गरि नेपालको नीति निर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार