लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा महाशिवरात्री पर्व मनाइने भएको छ । आगामी १३ फेब्रुअरी २०१८ मंगलबारका दिन विविध कार्यक्रमका साथ मन्दिर परिसरमा शिवरात्री मनाउन लागिएको पण्डित निलहरि घिमिरेले जानकारी दिए ।
पण्डित घिमिरेका अनुसार, बिहान ७ बजेदेखि दर्शन अभिषेक, बिहान ११ बजेदेखि रुद्री पूजा, दिउसो १२.३० देखि भजन कृतन, दिउसो १.३० देखि शिवरात्री सम्बन्धि प्रवचन (निलहरि गुरुबाट), दिउसो २ बजेदेखि लाख बत्ती प्रज्वलन र दिउसो ३ बजेसम्म आरती तथा प्रसाद वितरण गरि बिहानको पहिलो चरणको कार्यक्रम समापन गरिनेछ ।
बेलुका ५ बजेदेखि पुनः विशेष भजन कीर्तनका तथा प्रसाद वितरण गरिने जनाउंदै पशुपतिनाथ मन्दिर ब्यवस्थापन समितिले समस्त भक्तजनहरुलाई सपरिवार उपस्थितिका लागि अनुरोध गरेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित