काठमाडौँ, २६ माघ – नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी हुनुभएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गर्नुभयो । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् ।
हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
काँग्रेस ६ नं प्रदेशको संसदीय दलको नेतामा शाही
सुर्खेत, २६ माघ – नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ ।
आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिनुभयो । अन्य संसदीय दलका पदाधिकारी अब बस्ने संसदीय दलको बैठकबाट निर्णय गरिने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसका तर्फबाट ६ नं प्रदेशको मुख्यमन्त्री उम्मेदवारी घोषणा गरी हुम्लाबाट प्रदेशसभामा निर्वाचित शाही यो प्रदेशमा प्रत्यक्ष जित्ने एक्ला सांसद हुनुहुन्छ ।
पार्टीले अनपेक्षित हार व्यहोरेपछि उहाँले अहिले दलको नेतामा चित्त बुझाउनुपरेको छ । यो प्रदेशमा काँग्रेसका छजना प्रदेश सांसद रहेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते