लन्डनमा तमु समाज यूकेको खी ल्होछार

लन्डन । तमु समाज यूकेले लन्डनस्थित हयारो लेजर सेन्टरमा गत शनिबार तमुहरुको महान पर्व खी ल्होछार कार्यक्रम गरेको छ ।

लन्डन बरो अफ ब्रेन्ट मेयर भगवानजी चौहानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम उद्घाटन प्रमुख अतिथि चौहान, समाजका अध्यक्ष अर्जुन कुमार गुरुङ र समाजका वयोबृद्ध जेष्ठ नागरिक धनसिङ गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

प्रमुख अतिथी चौहानले कार्यक्रममा सहभागी हुन पाउंदा खुशी व्यक्त गर्दै सांस्कृतिक विविधताको नमुनाको रुपमा रहेको बेलायतमा नेपाली तमु समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपाली तथा तमु कला, 
संस्कृति र पहिचान जोगाइ राख्न सबैलाई आव्हान 
गर्दै ल्होछारको शुभकामना समेत दिए ।

समाजका अध्यक्ष अर्जुनकुमार गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम सञ्चालन महासचिव ज्ञानबहादुर गुरुङले गरेका थिए ।
सो अवसरमा कार्यक्रम संयोजक केदारबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारी दिए भने अध्यक्ष गुरुङले स्वागत मन्तव्य र उपाध्यक्ष बिजु गुरुङले धन्यवाद मन्तव्य दिए ।

कार्यक्रममा समाजका नयां आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र तथा समाजको लोगो अंकित ब्याज वितरण गरि औपचारिक रुपमा स्वागत 
गरिएको थियो ।

कार्यक्रममा समाजले खी ल्होछार तथा समाजको दशौं वार्षिक उत्सवका अवसरमा प्रकाशन गरेको मुखपत्र सलि ट (सुनखरी) को दोश्रो संस्करण प्रमुख अतिथी 
चौहान, समाजका अध्यक्ष गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, जेष्ठ नागरिक धनसिंह गुरुङ र अतिथि काउन्सिलर विष्णुबहादुर गुरुङले संयुक्त रुपमा लोकार्पण गरे । सो अवसरमा सलिटको नयां संस्करण निशुल्क वितरण गरिएको थियो ।

खी ल्होछारका अवसरमा दिउसो पूजा कार्यक्रम समेत भएको थियो । समाजका सल्लाहकार इमान घले र आमा समूहकी अध्यक्ष माया गुरुङको संयोजनमा लामा गुरु धरम गुरुङले दिउसो तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टर, बरहाम पार्क बेम्लीमा पूजा कार्यक्रम गरेका हुन् ।

ल्होछार कार्यक्रममा तमु समाज यूकेको समाजिक भवन खरिद परियोजनाका चन्दादाताहरु, शैक्षिक सत्र २०१७ मा स्नातक तथा स्नातकोत्तरमा सफलता हांसिल 
गर्ने विद्यार्थी, कलाकार तथा विभिन्न सामाजिक अगुवाहरुलाई ताम्रपत्र र प्रशंसापत्र सहित सम्मान गरियो ।

प्रमुख अतिथी चौहान, काउन्सिलर मोहमद बट, काउन्सिलर विलमिनेया म्कार्थी र समाजका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष बिजु गुरुङ, शिवचन्द्र गुरुङ, ले (रि) मिम बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङ लगायतले सम्मान तथा प्रशंसापत्र वितरण गरेका थिए ।

कार्यक्रममा तमु समाज यूकेको सामाजिक भवन खरिद परियोजनामा एकहजार भन्दा माथि चन्दा दान 
गर्ने दानबीरहरु जुमबहादुर गुरुङ र उमा डोल्मा गुरुङ, विभादेबी गुरुङ, टेकबहादुर गुरुङ र निता गुरुङ, बेन कुमार घले र सोनिया घले, हितमान गुरुङ तथा मिठु गुरुङ, मिलनकुमार गुरुङ र तिलकुमारी गुरुङ, जय बहादुर गुरुङ र तुलसी गुरुङ, सहसचिव हर्कबहादुर गुरुङ र शान्तिकला गुरुङ, युक्तबहादुर गुरुङ र पुष्पा गुरुङ, हितमान गुरुङ र तानिया गुरुङ, ओमकार गुरुङ र लक्ष्मी गुरुङ लगायतलाई ताम्रपत्र तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

त्यसैगरी समाजको स्थापनाकाल देखि अनवरतरुपमा विभिन्न महत्वपूर्ण पदमा रहेर तमु समाज यूकेको संरक्षण, संवर्धन र विकासका निम्ति अहोरात्र खटिइ अतुलनीय योगदान गरेका सामाजिक अभियन्ताद्वय संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र पूर्व अध्यक्ष शिवशरण गुरुङलाई तमु समाज यूके विशिष्ट सेवा पदक बाट सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व द्वयलाई कार्यक्रमका प्रमुख अतिथि मेयर भगवानजी 
चौहान, समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङले ताम्रपत्रसहित ढाकाटोपी, फूलमाला र फेटा लगाई सम्मान गरेका थिए ।

त्यसैगरी समाजले प्रत्येक वर्ष ल्होछारको अवसरमा सामाजिक जीवनको विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मानबाट सम्मान गरियो । 
यस वर्ष उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१७ बाट सल्लाहकार सनमान गुरुङ, सल्लाहकार हितमान गुरुङ, आजीवन सदस्यता संयोजक भिमबहादुर 
गुरुङ, सहकोषाध्यक्ष कन्याप्रसाद गुरुङ, सल्लाहकार लेक्चरर लामा प्रेम गुरुङ, सल्लाहकार प्रेमबहादुर गुरुङ, सल्लाहकार इमान घले, सल्लाहकार रेनुमाया गुरुङ, तारामान गुरुङ, भद्रकुमारी गुरुङ, पूर्ण गुरुङ, सोनिया घले, खुशीकला गुरुङ, नृत्य कोरियोग्राफर तथा गुरुङ चलचित्र पातें १ की नायिका सरु गुरुङ राना, पातें २ का नायिका अनिता गुरुङ, सुनिता पाण्डे, मनिषा डंगोल र सन्तोष गुरुङलाई सम्मान गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा गुरुङ चलचित्रका नायिका द्वय सरु गुरुङ राना र अनिता गुरुङका साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति दिए । कार्यक्रममा 
अर्को आकर्षण तमु समाज यूके आमा समूह, युवा समूह लगायत कलाकारहरुको उत्कृष्ट नृत्य समावेश थिए ।

सांस्कृतिक कार्यक्रममा विभिन्न कलाकारको मनमोहक नृत्य र कलाकार गोपाल गुरुङको गीत प्रस्तुतिमा बेलायतवासी नेपालीहरुले पनि नाचेर साथ दिए । उक्त सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी गुरुङ चलचित्र नायिका सरु गुरुङ रानाले गरेकी थिइन् भने कार्यक्रम 
सञ्चालन निरज गुरुङले गरेका थिए ।

कार्यक्रममा गैर अवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष कुल आचार्य र सदस्य शान्ति थापा कुंवर साथै मिस यूके नेपाल २०१७ सुश्री सृजना गुरुङलाई समाजको तर्फबाट सम्मान तथा वधाई ज्ञापन गरिएको थियो । त्यसैगरी, म्याराथन धाविका समीक्षा गुरुङ र धावक प्रशान्त गुरुङलाई सम्मान गरियो ।

उक्त अवसरमा नेपाल र अंग्रेजबीच सिन्धुली गडीमा भएको युद्धमा नेपाली फौजको नेतृत्व गरी अंग्रेज 
फौजलाई युद्ध परास्त गर्दे नेपालको स्वाधीनता रक्षा गर्न सफल युद्धवीर सरदार वंशु गुरुङको तस्विर तनहुं समाज यूकेका अध्यक्ष लेखबहादुर गुरुङ रउनका सन्तति केशर गुरुङबाट समाजलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा केशर गुरुङले युद्धवीर सरदार वंशु गुरुङको छोटो चिनारी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कलाकारहरु सरु गुरुङ राना, माया गुरुङ, चन्द्रकुमारी गुरुङ, बिन्दु घले, विमला गुरुङ, सोनिया घले, कल्पना गुरुङ, रमिला गुरुङ, टिकादेवी गुरुङ, पूर्णबहादुर थापा (दिपक मैथाने), उदय गुरुङ, बेनकुमार घले, अनु घले, सारोन गुरुङ, प्रजु गुरुङ, ओसेन राना, दिया लिम्बु र सुबिना घलेलाई धन्यवाद व्यक्त 
गर्दै खादा र कदरपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा अतिथिका रुपमा ब्रेन्ट काउन्सिल लिडर मोहमद बट, हाउन्स्लोका पूर्व उपमेयर काउन्सिलर विष्णु बहादुर गुरुङ, काउन्सिलर विलमिनिया लगायत अन्य काउन्सिलरहरुका साथै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष कुल आचार्य, सदस्य शान्ति थापा कुंवर, तमु धिं यूकेका पूर्व अध्यक्ष तथा तमु समाज यूकेको भवन खरिद परियोजना संयोजक तथा सल्लाहकार सुवसिङ गुरुङ (बिइम), तनहुं समाज यूकेका अध्यक्ष लेखबहादुर गुरुङ, देवाचन वुद्धिष्ट सेन्टर यूकेका संरक्षक तथा अध्यक्ष लामा धरम गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, तामाङ समाज यूकेका अध्यक्ष दिपक गोले, सोलिसिटर राजु थापा, कोडेक यूकेका उपाध्यक्ष धन तामाङ, यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तान, सञ्चारकर्मीहरु विमला सेने, शिव भण्डारी, नवीन पोखरेल, गोर्खा वेलफेयर सोसाइटीकी सल्लाहकार शशी सुब्बा थापा, गोर्खा जिल्ला गुरुङ समाजका अध्यक्ष फडक जित गुरुङ तथा तमु प्ये ल्हु संघ यूकेका पूर्व अध्यक्ष जगत तमु, मगर संघ यूके वेम्ली शाखाका महासचिव गञ्जबहादुर आले लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रम भव्य 
रुपमा सम्पन्न गर्न समाजका आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरु, युवा समूह, आमा समूहका सदस्यहरु साथै सल्लाहकार र समाजका शुभेच्छुकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा ओमकार गुरुङ र मिलन गुरुङले उत्कृष्ट फोटोग्राफी गरेका थिए भने भिडियोग्राफी विसन गुरुङ र साउण्ड सिस्टम चांद लामाले व्यवस्थापन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सबैले चांद म्युजिक वल्डको डिजेमा नाचेर भरपुर मनोरञ्जन लिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री