पूर्व राजदूत प्रसाइँलाई स्वागत

लण्डन । हाल बेलायत भ्रमणमा रहेका इजरायलका लागि पूर्व नेपाली राजदूत प्रल्हाद प्रसाइँलाई हाङ्गपाङ्ग समाज युकेले स्वागत गरेको छ । लण्डनस्थित साउथ राइस्लिपमा आइतबार भएको एक कार्यक्रममा समाजले प्रसाइँ र उनकी श्रीमतीलाई स्वागत गरेको हो ।

समाजका उपाध्यक्ष यमबहादुर आङ्गबुहाङ्गले समाजका तर्फबाट प्रसाइँ दम्पत्तिलाई खादा लगाइदिए भने समाजका सरला सुब्बा र कुलबहादुर याक्सोले फूल तथा उपहार प्रदान गरे ।

समाजका महासचिव टेकबहादुर खपाङ्गीमगरको संचालनमा भएको सो कार्यक्रममा उपाध्यक्ष आङ्गबुहाङ्गले हाङ्गपाङ्ग जस्तो दुर्गम गाउँमा जन्मेर परराष्ट्र सेवाको विशिष्ट श्रेणीमा पुगी प्रसाइँले जन्मथलोको इज्जत राखेको बताए । यस्तै, प्रसाइँले विभिन्न देशका विभिन्न ठाउँमा बसे, घुमे पनि जन्मथलो जस्तो प्यारो र अविस्मणीय ठाउँ अरु नपाएको बताए ।

प्रसाइँले गाउँकै सरस्वती माध्यमिक विद्यालयमा पढेका थिए । उनले सोही विद्यालयमा ११ वर्ष अध्यापन गराइ परराष्ट्र सेवामा प्रवेश गरेका थिए । ३३ वर्ष परराष्ट्र सेवामा बिताइ उनी गत वर्ष निवृत्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री