
नर्भिक अन्तरराष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामी मैत्री ३ टेस्ला एम.आर.आई. प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी. स्क्यान मेसिन उदघाटन कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ कलाकार तथा नर्भिकका सदभावना दूत हरिवंश आचार्य । तस्वीर – कल्पना पौडेल, रासस
काठमाडौँ, १२ पुस – नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामीमैत्री तीन टेस्ला एमआरआइ प्रविधि सम्पन्न १२८ स्लाइस सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।
अस्पतालको निदानात्मक सेवा थप गर्दै अस्पतालमा आफूलाई पूर्णतया न्युक्लियर मेडिसिन सेन्टर भएको दाबी गरेको छ । नवजडित ती अत्याधुनिक उपकरणको आज पूर्वयुवराज्ञी हिमानी शाहले शुभारम्भ गर्नुभयो ।
अस्पतालका निर्देशक नेहा चौधरी शाक्यले नेपालमा अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्दै अस्पताललाई न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत गर्ने उद्देश्य पूरा भएको बताउनुभयो ।
नेदरल्याण्डमा निर्माण भएको तीन टेस्ला एमआरआइमा त्यसको सुरुङभित्र बिरामीले श्रव्यदृश्य प्रणालीमार्फत आफूलाई मनपर्ने संगीत, भिडियो हेर्न सुन्नसक्ने सुविधा भएको बताइएको छ ।
यस एमआरआइ प्रणालीमा रहेको स्वःचालित आधुनिक (निर्देशक गर्ने बोली) भ्वाइसले बिरामीलाई श्वासप्रश्वास रोक्ने, एमआरआइ टेबुलको चालबारे स्क्यान गर्ने अवधिसमेत जानकारी गराउने भएकाले बिरामीलाई सजिलो भएको बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन