काठमाडौँ, २४ – काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गर्नुभएको छ ।
विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले छ हजार ८१३ मत प्राप्त गर्नुभएको छ । त्यस क्षेत्रमा ४५ हजार ९१२ मत खसेको थियो ।
इलाममा नेताद्वय खनाल र नेम्वाङ विजयी
इलाम, २४ मंसिर – प्रतिनिधिसभा इलाम क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गर्नुभयो ।
यसैगरी इलाम क्षेत्र नं २ मा पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले ३६ हजार ५१४ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गर्नुभयो ।
यसैगरी प्रदेशसभा २ (ख) मा वाम गठबन्धनबाट नेकपा एमालेका काजीमान कागतेले १७ हजार ९८६ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला