मंगलबार, असोज ५ २०७८ | Tue, September 21, 2021
नेपालको समय: ०८:४५ | UK Time: 04:00

लन्डनमा नेपाली युवालाई अन्तर्राष्ट्रिय अवार्ड

वीनेपाली
२०७४ मंसिर २२ गते १२:१५

लन्डन । नेपालमा वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेका युवा प्रकाश कोइरालाले ‘फाइनान्सियल इन्नोभेसन अवार्ड २०१७’ प्राप्त गरेका छन् ।

कोइरालाले वित्तीय साक्षरतामा उत्कृष्ट र सरहाहनीय काम गरेकामा उक्त पुरस्कार पाएका हुन् । उनले ट्रफी र २५ सय पाउण्ड नगद पुरस्कार जितेका छन् । बिहीबार लण्डनमा आयोजित एक समारोहमा सेक्योर ट्रष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक र बीबीसी टेलिभिजन नेटवर्कका प्रस्तोता क्लाउडीया विङकलम्यानले संयुक्तरुपमा कोइरालालाई पुरस्कार प्रदान गरेका थिए ।

लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्सले प्रत्येक वर्ष वित्तीय समावेशीकरणको क्षेत्रमा टेवा 
पुरयाउने विभिन्न संस्थालाई अवार्डका लागि आव्हान गर्दछन् । लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्सको यो वर्षको पुरुस्कारसंगै फाइनान्सियल इन्नोभेसन अवार्डले २० औं वर्ष पार गरेको छ ।

कोइरालाले स्थापना गरेको वित्तीय साक्षरताको क्षेत्रमा काम गर्ने संस्था (फिन्लीट नेपाल) ले नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थासंग मिलेर वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गरिरहेको छ । जनतालाई बैंक तथा वित्तीय संस्थाको सहयोगमा साना तथा मझौला व्यवसाय शुरु गर्न पनि सो संस्थाले सघाउंदै आएको छ । साथसाथै सो संस्थाले ग्रामीण क्षेत्रमा जनतालाई पैसाको मूल्य बुझाएर स्थानीय स्तरमा बांडफांड हुने बजेटमा सहभागी हुन सिकाइ पारदर्शिता र जवाफदेहीतामा पनि जोड दिंदै आएको छ ।

अवार्ड पाएपछि आफ्नो संक्षिप्त प्रतिक्रियामा फिन्लीट नेपालका निर्देशक प्रकाश कोइरालाले भने, ‘यस अवार्डले हामीलाई 
अन्तर्राष्ट्रियस्तरमा पहिचान दिनुकासाथै अरु बढि हौसला मिलेको छ । आगामी दिनमा हामी अरु कटिवद्ध भएर वित्तीय साक्षरता अभिवृद्धि गर्न अनलाइन तथा अफलाइन सामाग्री तयार गरि नेपालको दूरदराजसम्म पुग्नेछौं ।’

दुई वर्षअघि लण्डनमै कोइरालाले ‘युथ फाइनेन्सियल अवेयरनेस अवार्ड’ पाएका थिए । १० डिसेम्बर २०१५ मा हाउस अफ लर्डसमा आयोजित एक समारोहमा भ्यालेरी हावर्थ, व्यारोनेस अफ ब्रेकल्याण्डले उनलाई सो पुरष्कार प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक