काठमाडौँ, २० कात्तिक (रासस) – सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना (रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट)का लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।
अर्थमन्त्री कार्कीले बैठकका निर्णयबारे जानकारी दिँदै प्रस्तावित आयोजनाले १६ जिल्लाको ३८८ किमी ग्रामीण सडक स्तरोन्नति गरी कृषि उपजको बजार पहुँच सुनिश्चित गर्न सक्ने बताउनुभयो । सरकारले रक्षा सचिवमा विनोद केसीलाई नियुक्त गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा