लण्डन – बेलायतकी प्रधानमन्त्री टेरेजा मेले यौन प्रकरणमा पूर्व रक्षामन्त्री माइकल फालनको राजिनामापछि रिक्त पदमा गाभिन विलियमसनलाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टीका मुख्य सचेतक रहनुभएका ४१ बर्षीय विलियमसन बेलायतको संसद सदस्यका रूपमा सन् २०१० मा पहिलो पटक प्रतिनिधित्व गर्नुभएको थियो ।
एक महिला पत्रकारसंग १५ वर्ष अघि अभद्र व्यवहार गरेको आरोप लागेका पूर्व रक्षामन्त्री फालनले आफ्नो पदबाट बुधबार राजीनामा दिनुभएको थियो ।
आकस्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री मे समक्ष बुझाएपछि विलियमसनलाई आज उक्त पदमा नियुक्त गरिएको हो ।
यद्यपि फालनले राजीनामाको कारण भने खुलाउनुभएको थिएन । फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो ।
तर हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो। फालनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते