लन्डन । सन् २००० मा मिलेनियम सेलिब्रेसनको उल्लास थियो बेलायतभर । यही सुःखद अवसरमा केही पृथक काम गर्ने जोस चलेपछि बेलायतका परिचित गायक, साउण्ड इन्जिनियर तथा कार्यक्रम आयोजक सपनकुमार राईले ‘मिलेनियम सौगात’ नामक गीति एल्बम निकाले । म्यूजिक नेपालले उत्पादन गरेको थियो उक्त एल्बम । सोही एल्बममा समावेश भएको ‘यो मनले सधैंभरि तिमीलाई डाक्छ…’ को म्यूजिक भिडियो बनाए सपनले । संगीत थियो भूपेन्द्र रायमाझी र स्वर सपनकुमार राईको ।
त्यही ऐतिहासिक भिडियो अहिले युट्यूबमा भेटेपछि दंग छन् सपन । रयापर मास्टर जीको समेत स्वर रहेको उक्त भिडियो ऐतिहासिक मान्छन् सपन । ‘रिमिक्स गीतको चलन बलिउडले २ वर्षअघिमात्र शुरु गरेको थियो । अडियो रयाक नामक पाकिस्तानीको कम्पनीमार्फत मैले गीत गाउने मौका पाएको थिएं । त्यही सिलसिलामा एउटा राम्रो क्रियसन हुने रहेछ भनेर पहिलो रिमिक्स त्यो पनि कालो वर्णको रयापर राखेर बनाएं’, सपन स्मरण गर्छन् ।
त्यो बेला बेलायतमा नेपालीको जनसंख्या पातलो थियो । नेपाल टेलिभिजनबाट आएका प्राविधिकहरुले उक्त भिडियो बनाएको सपनले बताए । भिडियोमा सपन र जुली बस्नेतको अभिनय छ भने ट्राफलगर स्क्वायर, मार्गरेट, बिग बेन, फिन्चलीको क्लब आदि दृश्य समेटिएको छ ।
‘नेपालबाट आएर नेपाल टेलिभिजनका प्राविधिकले बनाएकाले पनि उक्त भिडियो दुई वर्ष सम्म लगातार नेपाल टेलिभिजनमा बजेको थियो । त्यही गीतले मलाई चिनायो’, सपन भन्छन्, ‘एकजना निग्रोको गायन र अभिनय समिश्रण अनि बेलायतको सिन भएर पनि धेरैले रुचाए ।’
हेर्नुहोस् त्यो बेलाको म्यूजिक भिडियो
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण