
बडा दसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १४ असोज (रासस) – बडादशैँ—२०७४ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज टीका लगाइदिनुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, मन्त्रीहरू, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि आज टीका लगाइदिनुभएको छ ।
राष्ट्रपति भण्डारीले आज सर्वसाधारणलाई पनि टीका लगाइदिनुभएको छ । राष्ट्रपतिले आज दिउँसो २. ०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरूप सर्वसाधारणलाई टीका लगाउनुभएको हो । टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म नै कार्यक्रम जारी रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि बिहान ११: ५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिनुभएको थियो ।
पूर्वप्रधानमन्त्रीद्वय दाहाल र ओलीद्वारा टीका ग्रहण
काठमाडौँ, १४ असोज (रासस) – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विजया दशमीको टीका ग्रहण गर्नुभएको छ ।
त्यसपछि नेता ओलीले बेलुका ५ बजे मात्र आफ्ना पिताको हातबाट टीका ग्रहण गर्नुभयो । उहाँले आफ्नी श्रीमती राधिका शाक्यलाई टीका लगाएसँगै आफन्तजन, पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिनुभएको स्वकिय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, विजयादशमीको अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी सीता दाहालका मामासँग टीका ग्रहण गर्नुभएको स्वकीय सचिव प्रकाश दाहालले राससलाई जानकारी दिनुभयो । त्यसपछि मात्रै पूर्वप्रधानमन्त्री दाहालले धर्मपत्नी सीता र छोरा बुहारीलाई टीका लगाइदिनुभयो ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?