
३८ औं विश्व पर्यटन दिवसको अवसरमा पोखरा पर्यटन परिषदले हवाई मार्गवाट पोखरा आउने विदेशी पर्यटकलाई स्वागतको तयारी गर्दै व्यवसायी । तस्विर ः निमदत्त सुवेदी, पोखरा, रासस
पोखरा, ११ असोज । ३८ औँ विश्व पर्यटन दिवसका अवसरमा हवाई मार्गबाट पोखरा विमानस्थलमा आउने विदेशी पर्यटकलाई आज हार्दिक स्वागत गरिएको छ ।
पोखरा पर्यटन परिषद्को संयोजकत्वमा विभिन्न १३ वटा पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले आज ८ः३० बजे यती एअरलाइन्सको विमानबाट पोखरा विमानस्थलमा उत्रने विदेशी पर्यटकलाई बाजागाजासहित फूलमाला लगाई स्वागत गर्नुभयो ।
स्वागतपछि पर्यटकले नाचगानसमेत गरेका थिए । सोही उपलक्ष्यमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले आज साँझ पोखराको बाराहीचोकदेखि फिस्टेल गेटसम्म मिनी सडक महोत्सव गर्ने भएको छ ।
महोत्सवमा लाइभ ब्यान्ड, विभिन्न कलाकारको सांस्कृतिक कार्यक्रम र अन्तर्राष्ट्रियस्तका खानाका परिकारहरु मुख्य रुपमा रहने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक भीमसेन भुजेलले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
त्यस्तै सोही उपलक्ष्यमा टान पोखराले पोखरा–लेखनाथ महानगरपालिकामा रहेका आठवटै तालको भ्रमण गराउने संस्थाका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।
पर्यटन दिवसका अवसरमा पर्यटकलाई स्वागत
पर्यटन दिवसका अवसरमा जिल्लामा आएका पर्यटकलाई स्वागत गरिएको छ । पर्यटन व्यवसायी एवं सरोकारवालाले अनौपचारिक रुपमै जिल्ला भित्रिएका पर्यटकलाई टीका–खादा लगाएर स्वागत गरेका छन् ।
बडा दशैँको समय भएकाले औपचारिक कार्यक्रम गर्न नसकिएको भन्दै पर्यटन व्यवसायीले आ–आफ्नै तरिकाले पर्यटकको स्वागत गरेका हुन् । अन्नपूर्ण पदमार्ग र जिल्लाका ग्रामीण क्षेत्रमा आएका पर्यटकलाई बेसीशहरस्थित पर्यटक जाँच केन्द्र तथा विभिन्न होटल व्यवसायीले बिहानदेखि स्वागत गर्दै बिदाइ गरेका थिए ।
पर्यटन दिवसका अवसरमा आफ्नो ठाउँमा आएका पर्यटकलाई अनौपचारिक नै भए पनि टीका–खादा लगाएर स्वागत गरी दिवस मनाइएको बेसीशहरस्थित गेट वे हिमालयन रिसोर्टका निर्देशक अञ्जु पौडेलले बताउनुभयो ।
जिल्लामा अहिले दैनिक सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । नेपालीको स्वागत तथा सम्मानबाट पर्यटक निकै खुशी भएका छन् ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला