
ओमनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज खाडी क्षेत्र र अफ्रिकाका मुलुकका नेपाली राजदूतहरुलाई ओमनको मस्कटमा नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा काम गर्न निर्देशन दिनुहुँदै । तस्वीर ः भीष्मराज ओझा, ओमन, रासस
मस्कट (ओमन), १० असोज (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको छ ।
ओमनको मस्कटमा आज आयोजित ‘केन्द्र एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलन’ मा प्रधानमन्त्री देउवाले नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले सबै राजदूतको विफ्रिङ निकै चासो दिएर सुन्नुभएको थियो । उहाँले त्यस क्षेत्रमा कार्यरत नेपाली कामदारले भोग्नुपरेको समस्या समाधानका हरसम्भव प्रयास गर्न निर्देशन दिँदै यसमा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिकस्तरबाट नेपालको इज्जत, प्रतिष्ठा माथि उठाउन र आर्थिक कूटनीतिमा जोड दिन राजदूतहरुलाई आग्रह गर्नुभयो ।
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले श्रमको पुनःस्वीकृति र प्रमाणीकरणलगायत कार्यहरु दूतावासबाटै गर्न राजदूतहरुलाई निर्देशन दिनुभयो ।
बैठकमा श्रम सम्झौता गर्न बाँकी मुलुकसँग सम्झौता गर्न, नेपाललाई पर्यटन र विदेशी लगानी बढाउने जानकारी गराउन राजदूतहरुले भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो । साथै गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच समन्वयको आवश्यकता रहेकामा सहभागीहरुले जोड दिनुभएको थियो ।
सम्मेलनमा सहभागी राजदूतहरुले दूतावासलाई सुविधा सम्पन्न बनाउनुका साथै स्थानीय भाषा र कानून जान्ने स्थानीय कर्मचारी राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
अधिकांश राजदूतहरुले कामदारमा सचेतना र दक्षताको कमी हुनुका साथै अवैधानिक रुपमा अन्य मुलुक जाने भएकाले बढी समस्या देखिने गरेको अनुभव सुनाएका थिए । दूतावासमा उद्धारको व्यवस्था प्रभावकारी गर्न नसकिएको, बजेट र जनशक्तिको कमीलगायतका कारण सोचेजस्तो काम गर्न चुनौती थपिएको राजदूतहरुको गुनासो थियो ।
खाडी क्षेत्रका विभिन्न मुलुकमा हाल वैधानिक रुपमा श्रम स्वीकृति लिएर काम गर्ने करिब १५ लाख नेपाली कामदार छन् भने अवैधानिक रुपमा पनि हजारौँको संख्यामा नेपाली कामदार कार्यरत रहेको बुझिएको छ ।
सम्मेलनमा ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्र सिंह, साउदी अरबको जेद्धाका लागि नेपाली कार्यवाहक महावाणिज्यदूत रेवती पौडेल, कतारका लागि नेपाली राजदूत रमेश कोइराला, इजरायलका लागि नेपाली राजदूत निरन्जन थापा, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई, कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल, बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास, ईजिप्टका लागि नेपाली राजदूत झबिन्द्रप्रसाद अर्याल, संयुक्त अरब ईमिरेट्सका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले सो क्षेत्रको वस्तुस्थितिका साथै भोग्नुपरेका चुनौतीका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो ।
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ