काठमाडौँ, २२ भदौ । राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीले नेदरल्याण्डमा प्रशिक्षण लिने मौका पाएकी छन् ।
नेदरल्यान्ड भलिबल सङ्घले तीन साताको प्रशिक्षणका लागि मालीलाई निमन्त्रणा पठाएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।
गत महिना मात्र नेपाल भ्रमणमा आउनुभएका नेदरल्यान्ड भलिबल सङ्घका विकास प्रबन्धक पिटर भ्यान तरेलले प्रतिभालाई प्रशिक्षणका लागि निमन्त्रणा पठाउनुभएको हो ।
महासचिव चन्दले राष्ट्रिय खेल भएकाले व्यक्तिगत मात्र नभई भलिबल खेलको विकासका लागि उक्त प्रशिक्षणले सघाउ पुग्ने बताउनुभयो । उहाँका अनुसार माली त्यहाँ रहँदासम्मको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्नेछ ।
काठमाडौँको नैकाप तीनथानाकी माली अहिले १६ वर्षकी भइन् । सानै उमेरमा भलिबल खेलमा चर्चा कमाउन उनी सफल भइन् । तेह्र वर्षको उमेरदेखि नै राष्ट्रिय टोलीबाट भलिबलमा डेब्यु गरेकी मालीले त्यसयता निरन्तर टोलीमा सहभागी छिन् । उनी राष्ट्रिय टोलीकी सबैभन्दा कान्छी खेलाडी समेत हुन् ।
न्यू डायमण्ड एकेडेमीकी उत्पादन मालीले नेदरल्यान्डमा व्यावसायिक प्रशिक्षण लिनेछिन् । उनले आगामी असोज ६ गतेदेखि २८ गतेसम्म प्रशिक्षण लिने कार्यक्रम तय भएको महासचिव चन्दले जानकारी दिनुभयो ।
राष्ट्रिय टोलीको सदस्य मालीले उक्त अवसर पाएकामा खुशी व्यक्त गर्दै प्रशिक्षणले भलिबल खेलको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सहास स्पोर्टस्की ब्राण्ड एम्बासडरसमेत रहेकी मालीलाई केही दिनअघि मात्र युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो ।
त्यस्तै माली नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही भदौ २६ गते हुने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत उत्कृष्ट युवा खेलाडी विधाको मनोनयनमासमेत परेकी छन् ।
नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्टले माली प्रतिभावान् खेलाडी भएकै कारण उक्त प्रशिक्षणका लागि छनोट भएको बताउनुभयो । प्रतिभाले सबैभन्दा कम उमेरमा भलिबलमा उल्लेखनीय उपलब्धि हासिल गरेको उहाँको भनाइ छ । ‘अझै १०-१५ वर्षसम्म राष्ट्रिय टोलीबाट खेल्ने सम्भावना छ, नेदरल्याण्डको प्रशिक्षणबाट नेपालको समग्र भलिबललाई फाइदा पुग्नेछ,’ मालीको खेलको प्रशंसा गर्दै प्रशिक्षक भट्टले भन्नुभयो ।
मालीको प्रशिक्षणले माहिला भलिबल खेलको विकासमा टेवा पुग्ने भन्दै उहाँले अन्य खेलाडीलाई समेत प्रेरणा मिल्ने बताउनुभयो । नेपालको भलिबल खेलमा सहयोग गर्ने विषयमा नेदरल्यान्ड भलिबल सङ्घ र नेपाल भलिबल सङ्घबीच गत महिना काठमाडौँ सम्झौता भएको थियो ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए