लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनमा महासचिवका प्रत्यासी राजकुमार त्रिपाठीले आफ्नो नाम दुरुपयोग गरेको भन्दै पूर्व अध्यक्ष महेन्द्र कंडेलले आपत्ति जनाएका छन् । लण्डनबाट संचालित एक अनलाइनमा दिएको भिडियो अन्तरवार्तामा त्रिपाठीले पूर्वअध्यक्ष कंडेलको सल्लाह र समर्थन अनुसार नै उम्मेदवारी दिएको बताएपछि कंडेलले आपत्ति जनाएका हुन् ।
त्रिपाठीले अन्तरर्वार्ता सकिने बेलामा पूर्व अध्यक्ष कंडेल र उनका भाईले आफूलाई फोन गरेको भन्दै झुट बोलेको कंडेलले वीनेपाली डटकमसँग बताए । व्यवसायका सिलसिलामा हाल नेपाल रहेका एनआरएनए यूके पूर्व अध्यक्ष कंडेलले वी नेपालीडटकमसँग भने, ‘महासचिवका उम्मेदवार त्रिपाठीलाई सघाउने कुरा गलत हो, मैले कसैलाई वचन दिएको छैन् ।’ कसैलाई भोटका लागि झुटको खेती नगर्न समेत कंडेलले चेतावनी दिए ।
संस्थागत रुपमा आफूले जस्तो सुकै सहयोग गर्न तयार रहेको जनाउदै कंडेलले कुनै व्यक्ति विशेषका पछि आफू नलाग्ने स्पष्ट पारे । विगतमा कंडेल र पूर्व अध्यक्ष योगेन क्षेत्रीबीच एक-एक वर्ष कार्यकाल बांडफांडका बेला त्रिपाठी महासचिव थिए । तत्कालिन समयमा क्षेत्रीका विपक्षमा देखिएका त्रिपाठी यस पटक उनकै सहयोगमा महासचिव पदका प्रत्यासी बनेका छन् ।
आफैं निर्देशक रहेको अनलाइनमा उनले आफ्नै भिडियो अपलोड गराएर सबैको समर्थन छ भन्दै भ्रम सिर्जना गरेको दावी कंडेलको छ । आगामी ९ सेप्टेम्बरमा हुने निर्वाचनका लागि बढि भन्दा बढि समर्थन बटुलेर दरो उम्मेदवारका रुपमा प्रस्तुत गर्न उनले कंडेलसहित सबैको नाम लिएका थिए । यसअघि भिडियोमा लगभग सात मिनेट जांदा त्रिपाठीले अध्यक्षका प्रत्यासी कृष्ण तिमल्सेनाको नाम समेत लिन भ्याए ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा