लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनमा महासचिवका प्रत्यासी राजकुमार त्रिपाठीले आफ्नो नाम दुरुपयोग गरेको भन्दै पूर्व अध्यक्ष महेन्द्र कंडेलले आपत्ति जनाएका छन् । लण्डनबाट संचालित एक अनलाइनमा दिएको भिडियो अन्तरवार्तामा त्रिपाठीले पूर्वअध्यक्ष कंडेलको सल्लाह र समर्थन अनुसार नै उम्मेदवारी दिएको बताएपछि कंडेलले आपत्ति जनाएका हुन् ।
त्रिपाठीले अन्तरर्वार्ता सकिने बेलामा पूर्व अध्यक्ष कंडेल र उनका भाईले आफूलाई फोन गरेको भन्दै झुट बोलेको कंडेलले वीनेपाली डटकमसँग बताए । व्यवसायका सिलसिलामा हाल नेपाल रहेका एनआरएनए यूके पूर्व अध्यक्ष कंडेलले वी नेपालीडटकमसँग भने, ‘महासचिवका उम्मेदवार त्रिपाठीलाई सघाउने कुरा गलत हो, मैले कसैलाई वचन दिएको छैन् ।’ कसैलाई भोटका लागि झुटको खेती नगर्न समेत कंडेलले चेतावनी दिए ।
संस्थागत रुपमा आफूले जस्तो सुकै सहयोग गर्न तयार रहेको जनाउदै कंडेलले कुनै व्यक्ति विशेषका पछि आफू नलाग्ने स्पष्ट पारे । विगतमा कंडेल र पूर्व अध्यक्ष योगेन क्षेत्रीबीच एक-एक वर्ष कार्यकाल बांडफांडका बेला त्रिपाठी महासचिव थिए । तत्कालिन समयमा क्षेत्रीका विपक्षमा देखिएका त्रिपाठी यस पटक उनकै सहयोगमा महासचिव पदका प्रत्यासी बनेका छन् ।
आफैं निर्देशक रहेको अनलाइनमा उनले आफ्नै भिडियो अपलोड गराएर सबैको समर्थन छ भन्दै भ्रम सिर्जना गरेको दावी कंडेलको छ । आगामी ९ सेप्टेम्बरमा हुने निर्वाचनका लागि बढि भन्दा बढि समर्थन बटुलेर दरो उम्मेदवारका रुपमा प्रस्तुत गर्न उनले कंडेलसहित सबैको नाम लिएका थिए । यसअघि भिडियोमा लगभग सात मिनेट जांदा त्रिपाठीले अध्यक्षका प्रत्यासी कृष्ण तिमल्सेनाको नाम समेत लिन भ्याए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]