
प्रधानमन्त्री शेरबहादुर देउवा गौरा पर्वको अवसरमा काठमाडौंको टुडिखेलमा आयेजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर तथा मध्यमश्चिमाञ्चल क्षेत्रका विकासमा कायापलट ल्याउने आयोजना पञ्चेश्वर र महाकालीको एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आउने जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘ती दुई परियोजनाका डिपिआरका अतिरिक्त ती क्षेत्रमा सुख्खा बन्दरगाह, प्राविधिक शिक्षालय बन्दैछ ।’
गौरा पर्वको उपलक्ष्यमा प्रशंसा संरक्षण समूहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गरी यसको सर्वस्वीकार्यतामा आफूले जोड दिएको बताउनुभयो ।
भाषा, संस्कृति, कलाका विविधताले नै नेपालको एकतालाई अक्षुण्ण बनाएको चर्चा गर्दै उहाँले यही सुन्दर एकताले नै देशलाई समुन्नत तथा बलियो बनाएको छ भन्नुभयो ।
सो अवसरमा विभन्न कलाकार तथा संस्कृतिकर्मीले गौरा पर्वमा गाइने लोकगीत कलात्मक रुपमा प्रस्तुत गरेका थिए ।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनलाई सम्पन्न गर्दै सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ध्यान दिएको बताउनुभयो ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले युवाको आर्थिक तथा सामाजिक विकास गर्न युवा केन्द्रित कार्यक्रममा सरकारले जोड दिएको उल्लेख गर्नुभयो ।
समूहका अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसदहरु एनपी साउद, रमेश लेखक, कर्णबहादुर थापा, कलशा महरा तथा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले गौरा पर्वको उपलक्ष्यमा शुभकामना दिनुभएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते