
प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त आठ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री हुनुहुन्छ ।
मोहम्मद जाकिर हुसेन- महिला, बालिबालिका तथा समाज कल्याण, रामसिंह यादव- स्वास्थ्य, श्यामकुमार श्रेष्ठ- गृह, शम्भुलाल श्रेष्ठ- उर्जा, कर्णबहादुर विक- आपूर्ति, छमबहादुर गुरुङ- सहरी विकास, गोमा कुँवर- पशुपक्षी विकास र ओङ्दी शेर्पाले सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । उहाँहरु सबै नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गर्नुभएको थियो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक