लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ ९ औं नेपाली मेलाको तयारी तीव्र भएको छ । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला गर्न लागेको हो । आगामी २७ अगष्टका दिन केम्पटन पार्क रेस कोर्समा मेला हुंदैछ ।
तमुधिं यूकेले आयोजना गरेपनि यो सबै जातजाती र वर्ग अटाउने साझा मेला भएको अध्यक्ष ज्ञाम गुरुङ बताउंछन् । मेलामा लन्डनस्थित नेपाली राजदूत, लन्डन मेयर र नेपालका संस्कृति मन्त्री समेत बोलाउने योजनामा छ तमुधिं यूके । बेलायतवासी झण्डै दश हजार नेपाली मेलामा आउने अपेक्षा गरिएको छ ।
मेलामा युवाहरुका लागि लाइभ म्यूजिकसहित विभिन्न संघसंस्थाको झांकी र नृत्य समावेश हुनेछ । तमुधिं यूकेले यसपटक ६ वटा फुड र ३५ अन्य स्टल राख्न अनुमति दिने भएको छ ।
तमुधिं यूके उपाध्यक्ष एवं मेला संयोजक हितकाजी गुरुङले दिउसो १ बजेदेखि झांकीसहितको परेड शुरु हुने बताए । उनले मेला सफल बनाउन ६२ जनाको समिति बनाइएको जनाउंदै सबैले आ-आफ्नो जिम्मेवारी बमोजिम काम गरिरहेको बताए ।
नेपालबाट टाढा भएपनि नेपाली भाषा, कला-संस्कृति र पहिचान संरक्षण गर्नुपर्छ भन्ने परिकल्पनासहित नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००८ देखि शुरु भएको हो नेपाली मेला । लन्डन रिचमण्डदेखि केम्पटन पार्क रेस कोर्ससम्म आइपुग्दा नेपाली मेलाको आकर्षण झन् बढिरहेको छ । मेलाले ‘मिनी नेपाल’ नै झल्काउंछ ।
भिडियो अन्तर्वार्तामा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता