काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई आज पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विभाजन गर्न प्रयत्न गरेकाले ती नेतालाई कारबाही गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यसअघि पनि पार्टीले १९ नेतालाई कारबाही गरिसकेको छ ।
बैठकले आगामी भाद्र मसान्तभित्र पाँचै विकास क्षेत्रमा सनातन धर्म सम्मेलन, सातै प्रदेशमा गाउँ, नगर, क्षेत्र र जिल्ला अध्यक्षको भेला गर्ने निर्णयसमेत गरेको छ । बैठकले भदौको पहिलो साता काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम विभिन्न तहमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले भ्रष्टाचारविरुद्ध विभिन्न तहमा संघर्ष गर्ने निर्णय गरेको छ भने प्रदेश नं २ मा प्रदेशस्तरीय स्थानीय तह निर्वाचनको तयारीमा जुटु्न सम्पूर्ण नेता, कार्यकर्तालाई निर्देशन समेत दिएको छ । यही साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक आज सम्पन्न भएको छ ।
सरकारमा सहभागी हुन्छौँ- राणा
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले आफूहरु मुलुकको दीर्घकालीन हितका लागि संविधान संशोधनको पक्षमा रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले मधेशी जनताको भावनालाई समेटेर त्यहाँका विद्यमान समस्या समाधान गरी मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । आफ्नो पार्टीले सरकारलाई समर्थन गरिसकेकाले सरकारमा जाने बताउँदै अध्यक्ष राणाले निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि त्यसबारे आधिकारिक निर्णय लिइने जानकारी दिनुभयो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा