काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई आज पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विभाजन गर्न प्रयत्न गरेकाले ती नेतालाई कारबाही गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यसअघि पनि पार्टीले १९ नेतालाई कारबाही गरिसकेको छ ।
बैठकले आगामी भाद्र मसान्तभित्र पाँचै विकास क्षेत्रमा सनातन धर्म सम्मेलन, सातै प्रदेशमा गाउँ, नगर, क्षेत्र र जिल्ला अध्यक्षको भेला गर्ने निर्णयसमेत गरेको छ । बैठकले भदौको पहिलो साता काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम विभिन्न तहमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले भ्रष्टाचारविरुद्ध विभिन्न तहमा संघर्ष गर्ने निर्णय गरेको छ भने प्रदेश नं २ मा प्रदेशस्तरीय स्थानीय तह निर्वाचनको तयारीमा जुटु्न सम्पूर्ण नेता, कार्यकर्तालाई निर्देशन समेत दिएको छ । यही साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक आज सम्पन्न भएको छ ।
सरकारमा सहभागी हुन्छौँ- राणा
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले आफूहरु मुलुकको दीर्घकालीन हितका लागि संविधान संशोधनको पक्षमा रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले मधेशी जनताको भावनालाई समेटेर त्यहाँका विद्यमान समस्या समाधान गरी मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । आफ्नो पार्टीले सरकारलाई समर्थन गरिसकेकाले सरकारमा जाने बताउँदै अध्यक्ष राणाले निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि त्यसबारे आधिकारिक निर्णय लिइने जानकारी दिनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते