काठमाडौँ, २२ साउन । नेकपा (एमाले) ले निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढिरहेको सन्दर्भमा जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलितरुपमा प्रतिबिम्वित हुने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेको छ ।
पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी समितिको बैठकले कुनै पनि प्रकारको दबाबमा नपरी नेपालको संविधानको व्यवस्था, मर्म र भावनाअनुरुप स्वतन्त्ररुपमा काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो ।
साथै, बैठकले आयोगलाई संविधानको व्यवस्थाअनुरुप स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न सक्ने वातावरण कायम राख्न नेपाल सरकारसँग समेत माग गरेको छ । त्यसैगरी, बैठकले जिल्ला समन्वय समितिको निर्वाचनमा धनकुटाको प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा बंगलाकुमारी राई (वान्तवा) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बैठकले मोरङ जिसस प्रमुखमा नरेश पोखरेल र गुल्मी जिसस प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुलसा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै प्रदेश नं ५ संगठन कमिटीको सदस्यमा गिरिराज केसी (दाङ) र कृष्ण पोखरेल (रुपन्देही) लाई मनोनयन गरेको छ ।
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन