काठमाडौँ, २२ साउन । नेकपा (एमाले) ले निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढिरहेको सन्दर्भमा जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलितरुपमा प्रतिबिम्वित हुने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेको छ ।
पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी समितिको बैठकले कुनै पनि प्रकारको दबाबमा नपरी नेपालको संविधानको व्यवस्था, मर्म र भावनाअनुरुप स्वतन्त्ररुपमा काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो ।
साथै, बैठकले आयोगलाई संविधानको व्यवस्थाअनुरुप स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न सक्ने वातावरण कायम राख्न नेपाल सरकारसँग समेत माग गरेको छ । त्यसैगरी, बैठकले जिल्ला समन्वय समितिको निर्वाचनमा धनकुटाको प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा बंगलाकुमारी राई (वान्तवा) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बैठकले मोरङ जिसस प्रमुखमा नरेश पोखरेल र गुल्मी जिसस प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुलसा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै प्रदेश नं ५ संगठन कमिटीको सदस्यमा गिरिराज केसी (दाङ) र कृष्ण पोखरेल (रुपन्देही) लाई मनोनयन गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते