
भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई आइतबार जिल्ला समन्वय समिति चितवनको सभाहलमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराउनुहुँदै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने । तस्बिरः नारायण अधिकारी, चितवन, रासस
चितवन, २२ साउन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गरिने बताउनुभएको छ ।
निर्वाचनमा विजय भएपछि यहाँ आज आयोजित पदयात्रामा सहभागीलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक सम्पदा र सुगमताका हिसाबले महत्वपूर्ण क्षेत्र भरतपुर नगरवासीको सुझाव र सल्लाहअनुरुप नै आफू अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुखमा विजयी पार्वती शाहले जनताले दिएको मतको कदर गर्दै अबको पाँच वर्षमा नमूना नगर बनाउन आफूहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा पार्वती शाह निर्वाचित भएपछि आइतबार भरतपुरमा निकालिएको विजयोत्सव । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस
सभालाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य अमिक शेरचनले उहाँले सिंहदरबारको अधिकार गाउँसम्म पुरयाउन अहिलेको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सुशासन कायम गर्दै जनाकांक्षा बुझेर काम गर्न पदाधिकारीलाई सुझाव दिनुभयो ।
स्थानीय चौबीसकोठीमा भेला भएर सुरु भएको पदयात्रा नारायणगढको पुल्चोक पुगेको थियो । पदयात्रामा महानगरका सबै वडाबाट निर्वाचित प्रतिनिधिसहित काँग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सहभागी थिए ।
नेपालको समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को को छन् ?
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने