
भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई आइतबार जिल्ला समन्वय समिति चितवनको सभाहलमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराउनुहुँदै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने । तस्बिरः नारायण अधिकारी, चितवन, रासस
चितवन, २२ साउन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गरिने बताउनुभएको छ ।
निर्वाचनमा विजय भएपछि यहाँ आज आयोजित पदयात्रामा सहभागीलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक सम्पदा र सुगमताका हिसाबले महत्वपूर्ण क्षेत्र भरतपुर नगरवासीको सुझाव र सल्लाहअनुरुप नै आफू अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुखमा विजयी पार्वती शाहले जनताले दिएको मतको कदर गर्दै अबको पाँच वर्षमा नमूना नगर बनाउन आफूहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा पार्वती शाह निर्वाचित भएपछि आइतबार भरतपुरमा निकालिएको विजयोत्सव । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस
सभालाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य अमिक शेरचनले उहाँले सिंहदरबारको अधिकार गाउँसम्म पुरयाउन अहिलेको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सुशासन कायम गर्दै जनाकांक्षा बुझेर काम गर्न पदाधिकारीलाई सुझाव दिनुभयो ।
स्थानीय चौबीसकोठीमा भेला भएर सुरु भएको पदयात्रा नारायणगढको पुल्चोक पुगेको थियो । पदयात्रामा महानगरका सबै वडाबाट निर्वाचित प्रतिनिधिसहित काँग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सहभागी थिए ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?