
ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार अलपत्र परेका यात्रु । तस्बिर ः प्रदीपराज वन्त, रासस
चितवन, २० साउन । बुधवार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
उक्त सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सञ्चालनमा आएको हो ।
गएराति बगाएको भालुढुंगामा भने एकतर्फी सञ्चालनमा आएको खनालले बताउनुभयो । साँझसम्ममा सो ठाउँमा पनि दुईतर्फी सवारी सञ्चालनमा आउने उहाँले बताउनुभयो । आयोजनाका इन्जिनियर खनालका अनुसार नारायणगढबाट २७ किमीको दूरीमा रहेको भालुढुंगामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको थियो ।
सो ठाउँमा तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम भइरहेको उहाँले बताउनुभयो । सडकमा पहिरो पन्छाउन मुग्लिनतर्फ चार लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सिमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए ।
तीनदिनदेखि सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रु सडक सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडकका संवेदनशील क्षेत्रमा पहिरोका बीचमा रहेका १२५ वटा सवारीसाधनलाई बिहीबार साँझ एकतर्फी सडक खोलेर गन्तव्यतर्फ पठाइएको थियो ।
अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा
बैतडी, २० साउन । गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ ।
बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत डिलाशैनी–६ बांगाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा, प्रहरी र डोजरको सहायताले पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
बांगाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको थियो ।
सडक सञ्चालन भएपछि बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन गन्तव्यतिर लागेका छन् ।
सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका थिए । २०६० सालमा आएको ठूलो पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेका छन् ।
सोहीबेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको छ । पहिरोले स्थानीय बासिन्दालाईसमेत त्रसित बनाएको छ । २०६० सालदेखि प्रत्येक वर्ष पहिरोले घरखेत बगाउन थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् ।
विसं २०६० मा छ परिवार पहिरोका कारण पूर्णरुपमा विस्थापित भएका थिए भने पछिल्लो समयमा थप सात परिवार पनि पहिरोकै कारण विस्थापित भएका छन् । पहिरोले अहिले १५० रोपनी जमिनलाई बगरमा परिणत गरिसकेको छ । वर्षात्सँगै पहिरो खस्न थालेपछि बांगाबगरवासीलाई चिन्तित बनाएको स्थानीयवासी धनीराम सार्कीले बताउनुभयो ।
पहिरोको छेउमै टहरा हालेर बसेका दलित समुदायका सात परिवारलाई अहिले निकै चिन्तित बनाएको उहाँले बताउनुभयो । ओत लाग्नका लागि आफूहरुसँग जमिन नभएकाले पहिरोको छेउमै टहरा हालेर बस्न बाध्य भएका उहाँले बताउनुभयो । दुवैतर्फ गरेर अहिले ३० भन्दा बढी परिवार पहिरोका उच्च जोखिममा रहेका स्थानीयवासी तेजबहादुर साउदले बताउनुभयो ।
उता पहिरोका कारण गोकुलेश्वर–गन्ना सडक भने अवरुद्ध भएको छ । सो सडकखण्डअन्तर्गत रुद्रेश्वरको बगडीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकमाथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै