
लन्डन । गुल्मी जिल्ला समाज यूकेको १७औं वार्षिक भेला यही अगस्ट ३ तारिख आइतबार हुँदै छ । विभिन्न मौलिक नाच, प्रथम नौमती बाजा र चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिसहित भेला हुन लागेको समाजका अध्यक्ष रुद्र थापामगरले जानकारी दिनुभयो ।
फेल्थामस्थित ट्युडोर पार्क स्पोर्ट्स लेजर सेन्टरमा हुने कार्यक्रममा मौलिक लोक तथा दोहोरी गीतका ख्याति प्राप्त कलाकारहरू अर्जुन कुँवर, रचना रिमाल, श्रृष्टी पुन, सीता परियार, रेनुका भट्टराई घिमिरे, चर्चित मोडेल डान्सर अश्मिता पुरी साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष थापामगरले बताउनुभयो । उहाँले गुल्मी जिल्ला समाज यूकेले हरेक वर्षझैं यस वर्ष पनि आफ्नो सांस्कृतिक, सामाजिक र आपसी एकता प्रवर्द्धन गर्ने उद्देश्यले वार्षिक भेला गर्न लागेको प्रस्ट्याउनुभयो ।
कार्यक्रममा गुल्मीको कला संस्कृति झल्काउने प्रथम नौमती पञ्चेबाजा, सराय नाच, लाखे नाच, घाटु नाच, सालैजो, सोरठी, झ्याउरे, भजनकीर्तन तथा तीज गीतहरू प्रस्तुत गराएर उपस्थित सबैलाई मनोरञ्जन गराउने उद्देश्य रहेको समाजका महासचिव मोहन घिमिरेले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमस्थलमा नै ताजा खाना बनाइने र सुपथ मूल्यमा तीन कोर्स खाना उपलब्ध पनि हुनेछ।
बिहान ११ देखि राति ९ बजेसम्म कार्यक्रम तय गरिएको छ । सहभागी हुनेलाई न्यूनतम शुल्क तोकिएको छ । वयस्कलाई २० पाउन्ड, ६ देखि १२ वर्ष उमेर समूहकालाई १२ पाउन्ड र ५ वर्षमुनिका बालबालिकालाई भने नि:शुल्क प्रवेश दिइनेछ ।
कार्यक्रमका लागि नेपाली दूतावास लन्डनसहित देश तथा विदेशका अतिथिहरूलाई निमन्त्रणा गरिएको आयोजकले जनाएका छन् ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला