
लन्डन । गुल्मी जिल्ला समाज यूकेको १७औं वार्षिक भेला यही अगस्ट ३ तारिख आइतबार हुँदै छ । विभिन्न मौलिक नाच, प्रथम नौमती बाजा र चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिसहित भेला हुन लागेको समाजका अध्यक्ष रुद्र थापामगरले जानकारी दिनुभयो ।
फेल्थामस्थित ट्युडोर पार्क स्पोर्ट्स लेजर सेन्टरमा हुने कार्यक्रममा मौलिक लोक तथा दोहोरी गीतका ख्याति प्राप्त कलाकारहरू अर्जुन कुँवर, रचना रिमाल, श्रृष्टी पुन, सीता परियार, रेनुका भट्टराई घिमिरे, चर्चित मोडेल डान्सर अश्मिता पुरी साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष थापामगरले बताउनुभयो । उहाँले गुल्मी जिल्ला समाज यूकेले हरेक वर्षझैं यस वर्ष पनि आफ्नो सांस्कृतिक, सामाजिक र आपसी एकता प्रवर्द्धन गर्ने उद्देश्यले वार्षिक भेला गर्न लागेको प्रस्ट्याउनुभयो ।
कार्यक्रममा गुल्मीको कला संस्कृति झल्काउने प्रथम नौमती पञ्चेबाजा, सराय नाच, लाखे नाच, घाटु नाच, सालैजो, सोरठी, झ्याउरे, भजनकीर्तन तथा तीज गीतहरू प्रस्तुत गराएर उपस्थित सबैलाई मनोरञ्जन गराउने उद्देश्य रहेको समाजका महासचिव मोहन घिमिरेले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमस्थलमा नै ताजा खाना बनाइने र सुपथ मूल्यमा तीन कोर्स खाना उपलब्ध पनि हुनेछ।
बिहान ११ देखि राति ९ बजेसम्म कार्यक्रम तय गरिएको छ । सहभागी हुनेलाई न्यूनतम शुल्क तोकिएको छ । वयस्कलाई २० पाउन्ड, ६ देखि १२ वर्ष उमेर समूहकालाई १२ पाउन्ड र ५ वर्षमुनिका बालबालिकालाई भने नि:शुल्क प्रवेश दिइनेछ ।
कार्यक्रमका लागि नेपाली दूतावास लन्डनसहित देश तथा विदेशका अतिथिहरूलाई निमन्त्रणा गरिएको आयोजकले जनाएका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा