
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिले शपथ लिएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आइतबार एक समारोहबीच राजेन्द्र पुडासैनी नेतृत्वको १२औं कार्यसमितिले पद तथा गोपनियताको शपथ लिँदै पदभार ग्रहण गरेको हो । उहाँहरुलाई निर्वाचन समिति प्रमुख आयुक्त रामशरण सिम्खडाले शपथ खुवाउनुभएको हो ।
शनिबार २६ जुलाई राति सम्पन्न अनलाइन मतदानबाट पुडासैनी अध्यक्षमा निर्वाचित हुनुभएको हो । खुला उपाध्यक्षमा डा रक्षा थापा र उज्ज्वल कार्की,स्कटल्यान्ड क्षेत्रबाट रामप्रसाद कँडेल, वेल्स क्षेत्रबाट कृष्ण भण्डारी एवं नर्दन आयरल्यान्ड क्षेत्रबाट लिलाराम निउरे उपाध्यक्ष बन्नुभएको छ । महिला उपाध्यक्षमा कमला श्रेष्ठ र महासचिवमा दिवाकार पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
सचिवमा डिएन खराल र कृष्ण देवकोटा, महिला सचिवमा छमकला न्यौपाने पोखरेल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्ष दीपक तिमल्सिना, महिला संयोजकमा बिनु लामिछाने र युवा संयोजकमा वासुदेव पोखरेल निर्वाचित हुनुभएको छ ।
कार्यसमिति सदस्यमा लोकनाथ अधिकारी, गोपीप्रसाद सापकोटा, दीपक गैरे, विष्णुभक्त भट्टराई, दुर्गाप्रसाद काफ्ले, बालकृष्ण भुषाल, दिनेश परियार, मोहन ओली, शिवकान्त खराल, झपेन्द्र सापकोटा र प्रमोद भण्डारी चयन हुनुभएको छ ।
एनआरएनए यूकेबाट आईसीसी सदस्यहरुमा विष्णु खरेल, तुंगभद्र भुषाल र छविलाल अर्याल निर्वाचित हुनुभएको छ ।
राज्य समन्वय परिषदअन्तर्गत इंग्ल्यान्डमा राममाया विष्ट, स्कटल्यान्डमा शेर केसी, वेल्समा विकास रानाभाट र नर्दन आयरल्यान्डमा पूर्णेश्वर कंडेलको नेतृत्वमा कार्यसमिति निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला