
लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बुद्धका चार मुख्य तिथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा विशेष पूजा आयोजना गरेको छ । सोमबार २८ जुलाईका दिन विविध कार्यक्रमका साथ बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा आयोजना गरिएको हो ।
काठमाडौं, बौद्धस्थित सेचन गुम्बाका दोर्जिन निमा लुङ्गरिक रिन्पोछेको विशेष उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ, खेन्पो पुर्तेम्बा, लोपेन सोनाम, लोपेन वाङ्गदीले पूजापाठ गर्नुभएको थियो । साथै, पूजाको सुरुवातमा, माहायानाका प्रमुख, लुङथेप्पा गुरुद्वारा प्रकाशित वाङ चुङ यीङ थीक धर्म पुस्तक, बीसीसी यूकेलाई ३१ ठेली प्रदान गरिएको थियो ।
धर्मगुरु, कार्यसमिति र सहभागी भक्तजनहरूले लुङ्गछेक्पा धार्मिक पेचा (पुस्तक) लाई गुम्बा परिसरभित्र सम्मान स्वरुप, गुम्बालाई ३ पटक परिक्रमा गरी, पूजा कक्षका मुख्यालयमा, अधिष्ठानका साथ सुरक्षित राखियो। सो अवसरमा दोर्जिन रिन्पोछेले बुद्धको चार आर्य सत्य (फोर नोवल ट्रुथ), धर्म चक्र प्रवर्द्धनबारे प्रवचन दिनुभएको थियो । प्रवचनलाई खेन्पो पुर्तेम्बाले नेपालीमा अनुवाद गर्नुभएको थियो । त्यस्तै, दोर्जिन रिन्पोछेलगायत धर्मगुरुहरुले धर्मचक्र (छोक) पूजा, दीप प्रज्वलन (मर्मे) पाठ, आयु वृद्धि हुने सिद्धि, प्राणिधान (मलम) पाठलगायतका पूजा गर्नुभएको थियो ।
कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाले धर्म गुरुहरू र उपस्थित भक्तजनहरूलाई स्वागत गर्दै छ्योखोर दुचेनबारे छोटो जानकारी दिनुभएको थियो । त्यस्तै, बीसीसी यूकेका पदाधिकारीका साथसाथै आमाहरूले धर्म प्रवचनका लागि मण्डला अर्पण गर्नुभयो । सो अवसरमा बीसीसी यूकेको निमन्त्रणामा हालै बेलायत आएका खेन्पो छिरिङ र लोपेन वाङ्ग्दीलाई बीसीसी यूकेका अध्यक्ष शेर्पा र आमा प्रमुख जगना गुरुङले खादा लगाई स्वागत गर्नुभएको थियो । साथै, बीसीसी यूके अल्डरसट र बीसीसी यूके लन्डन शाखामा रहेर विभिन्न पूजापाठ सँगसँगै प्रवचन दिँदै आएका खेन्पो पुर्तेम्बालाई बिदाई गरिएको थियो ।
कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष ले. काजी शेर्पा, बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देब घले, कोषाध्यक्ष मेजर बलदीप तामाङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, पूर्वआमा प्रमुख पुष्पा गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षता र उपाध्यक्ष मेजर हितमान गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई महासचिव मेजर कुमार गुरुङ एमभिओले संचालन गर्नुभएको थियो ।
बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा संवर्द्धन गर्ने, च्यारिटीमूलक कार्यहरु गर्ने, बौद्ध शिक्षा प्रवर्द्धन गर्नेलगायतका उद्देश्यका साथ स्थापना भएको बीसीसी यूकेले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला