
काठमाडौँमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय व्यावसायिक पहलको दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत व्यवसायीहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
‘राष्ट्रिय व्यवसायी पहल’द्वारा आज यहाँ आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै उहाँले राजनीतिसँगै मुलुकको अर्थतन्त्र पनि उत्साहजनक हुँदै गएको बताउँदै कुल गार्हस्थ्य उत्पादन बढाउने, थप रोजगारी सिर्जना गर्ने, लगानी बढाउने सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
लगानी बढाउने सम्बन्धमा कतिपय कानून संशोधन भइसकेको र केही संशोधनको प्रक्रियामा रहेको अवगत गराउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “हामी लगानी बढाउन प्रशासनिक र कानूनी झन्झट हटाउने तयारीमा छौँ, लगानी गर्नेलाई आवश्यक सबै सहयोग हुन्छ ।”
जिम्मेवार व्यवसाय भनेको केही नाफाको अंश सामाजिक कार्यक्रममा खर्च गर्नु हो भन्दै उहाँले जिम्मेवार व्यवसायीको प्रमुख दायित्व राज्यको नियम कानून पालना गर्नु पनि रहेको धारणा राख्नुभयो । “हामी आर्थिक वृद्धिमात्र चाहन्छौँ वा स्वच्छ समतामूलक दिगो अर्थव्यवस्था चाहन्छौँ, यस सम्बन्धमा सम्मेलनले पहल गर्ने विश्वास व्यक्त गर्छु”, उहाँले भन्नुभयो ।
जिम्मेवार व्यवसायीले सामाजिक समस्याप्रति जिम्मेवार भई गरिबी निवारण, द्वन्द्व व्यवस्थापन, आर्थिक असमानता निराकरण, वातावरणीय असन्तुलनजस्ता मुद्दा पनि सम्बोधन गर्नुपर्ने उहाँको धारणा थियो ।
मुलुकको विकासका लागि निजी क्षेत्रलाई सक्षम बनाउनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “निजी क्षेत्रमा देखिएका विद्यमान समस्या एकैरातमा समाधान हुँदैनन्, त्यसका लागि नियम कानूनमात्र पर्याप्त हुँदैन, व्यवसायीले आत्मबोध गरी स्वनियमन गर्नु पनि आवश्यक छ ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारको प्रमुख दायित्व संविधानको स्वीकार्यता बढाउनु र सफल कार्यान्वयन गर्नु रहेको बताउँदै त्यसका लागि स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र अन्तिम चरणको निर्वाचन आगामी असोज २ गते हुन गइरहेको जानकारी गराउनुभयो ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि आवश्यक तयारी भइरहेको र त्यसमा निर्वाचन क्षेत्र निर्धारण आयोगले काम शुरु गरिसकेको उहाँको भनाइ थियो ।
विभिन्न सत्रमा दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, चीन, सिंगापुरलगायत मुलुकका सयौँ प्रतिष्ठित व्यवसायी, विभिन्न विषयका विज्ञ, अनुसन्धानकर्ता सहभागी हुनुहुन्छ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग