कमलेको बिहे अल्डरसटमा, सबैलाई चुल्हे निम्तो


लन्डन । नेपाली चलचित्र कमलेको बिहे अल्डरसटमा प्रदर्शन हुने भएको छ । आगामी ३ सेप्टेम्बर आइतबार अपरान्ह ४ बजे प्रिन्सेस हल अल्डरसटमा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको प्रदर्शकमध्ये एक अनिल मल्लले जानकारी दिएका छन् ।

हेम गुरुङ, शशी गुरुङ र नेपलिज इन्टरटेन्मेन्ट यूकेको संयुक्त आयोजनामा फिल्म प्रदर्शन गर्न लागिएको हो । आयोजकले कमलेको बिहे हेर्न सबैलाई निम्तो दिएका छन् ।

प्रदर्शनका क्रममा अहिलेका चर्चित नायक अनुपविक्रम शाही समेत सहभागी हुने कार्यक्रम छ । फिल्ममा अनुपविक्रम शाही, सन्ध्या केसी लगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री