
श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले श्रम मन्त्रालयमा मङ्गलबार शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २० असार । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो व्यक्त गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा नेपाली पक्षले चिकित्सक, इन्जिनियरजस्ता दक्ष जनशक्ति कोरियामा रोजगारीका लागि खुला गर्न, इपिएस प्रणालीमार्फत जाने नेपाली कामदारको दरबन्दी बढाउन, कोरियामा ‘केयर गिभर’ खुलाउन तथा महिला कामदारको माग वृद्धि गर्नेजस्ता विषयलाई प्राथमिकता दिन राजदूतसँग आग्रह गरेको थियो ।
मन्त्री मन्सुरले भन्नुभयो, ‘नेपालबाट मेडिकल पास भएर गएकाहरु त्यहाँ फेल भएको, कोरियामा कार्यरत नेपाली कामदारको मृत्यु दर र आत्महत्यामा वृद्धिको विषयमा समेत हामीले राजदूतको ध्यानाकर्षण गराएका छौँ ।’
सन् २००७ मा नेपाल र कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएपछि सो प्रणालीमार्फत हालसम्म ३५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीका सिलसिलामा कोरिया गएका छन् । सन् २०१८ का लागि कोरियाले थप १० हजार कामदार लैजाने घोषणा गरेको छ ।
जवाफमा राजदूत सिकले नेपालले उठाएका विषय आफूले गम्भीरतापूर्वक लिएको तथा आफ्नो सरकारसमक्ष ती विषय पुरयाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपालले सफलतापूर्वक पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा कोरियाली राजदूतले खुसी व्यक्त गर्दै नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत