
इलामको फाकफोकथुम गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राई पद बहालीपछि कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा सहभागी हुँदै । तस्बिर ः गोविन्द लामिछाने, इलाम, रासस
काठमाडौँ, २० असार । दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ ।
यससँगै २५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का १०९, प्रदेश नं ५ का ९४ र प्रदेश नं ७ का ८१ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।
आज अपराह्न ३.३० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले) १२४, नेपाली काँग्रेस १०७, नेकपा (माओवादी केन्द्र) ३६, सङ्घीय समाजवादी फोरम नेपाल छ , मधेसी जनअधिकार फोरम नेपाल पाँच, राप्रपा तीन, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार एक स्थानीय तहका प्रमुख-अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।
उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १४५, काँग्रेस ९१, माओवादी केन्द्र ३६, फोरम पाँच, नेपाल लोकतान्त्रिक फोरम तीन तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
हाल १० जिल्लाका ४६ स्थानीय तहमा मतगणना भइरहेको छ भने चार स्थानीय तहमा मतगणना स्थगन भएको छ । धरान नगरपालिका– ९ को मतगणना समाप्त भएपछि जोड्ने क्रममा विवाद भएको तथा झापाको अर्जुनधारा– २ मा एक थान पत्र नपुगेकामा विवाद भई मतगणना रोकिएको जनाइएको छ ।
त्यस्तै उदयपुरको बेलका नगरपालिकामा खसेको मत सङ्ख्याभन्दा तीन मत बढी भएको तथा कञ्चनपुरको पुनर्वास नगरपालिका– १ मा उप्रमुखको खसेको मतभन्दा ११२ मत बढी भएका कारण विवाद उत्पन्न भई मतगणना स्थगन भएकामा सर्वदलीय बैठकबाट सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ । दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा