
लन्डन । लन्डनवासी रेडियोकर्मी नरेन्द्र बस्नेतको तीज गीत सार्वजनिक भएको छ । अनलाइन गोर्खा रेडियोका सञ्चालक बस्नेतको शब्दमा कला पंगेनी र खुमन अधिकारीको स्वर अनि कृष्ण बि.क.को संगीत रहेको गीत पापी घरैमा… को म्यूजिक भिडियो भर्खर सार्वजनिक गरिएको हो ।
गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित मोडलहरु अन्जली अधिकारी र महेन्द्र गौतमको अभिनय छ । भिडियो प्रविन थापाले निर्देशन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन छ । दृश्य निर्माणमा हवाइट मिडिया प्रालिले भूमिका निभाएको छ ।
आफ्नो ज्यानको राम्रो ख्याल गरे है, बाह्र हाते पटुकी कस पियारी,
आउंला सानु दुई चार साल पछि त गाह्रो पिरो नमानी बस पियारी…
बस्नेतले यस गीत परदेशमा रहेर आफ्नी पियारी प्रतिको सम्झना स्वरुप तयार पारिएको बताए । गीतमा पियारीलाई आफू दुई चार सालपछि फर्किने बाचा गर्दै महिलाहरुको गहनाप्रतिको रुची, भोकै ब्रत बस्ने प्रचलन हुंदा स्वास्थ्य प्रति ख्याल राख्न, बाबुआमालाई राम्रो हेरविचार गर्न, दुःखमा आत्तिन नहुने जस्ता सन्देशहरु दिन खोजिएको छ ।
म्यूजिक भिडियो हेर्नुहोला ः
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते