दमासकस, १४ असार । सिरियाको पूर्वी प्रान्त देइर अल जोउर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ४० सर्वसाधारणको मृत्यु भएको छ । राज्यद्वारा सञ्चालित समाचार समिति सानाले बुधबार सो जानकारी दिएको छ ।
सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । जारी सो द्वन्द्वमा परी हालसम्म ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
उक्त द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौले आफ्नो देशभित्र र विदेशमा शरणार्थी जीवन बितारहेका छन् ।
कारबाहीमा २४ आतङ्ककारी मारिए
काबुल, १४ असार । अफगान सुरक्षाबलले अफगानिस्तानको द्वन्द्वग्रस्त प्रान्तहरूमा गरेको कारबाहीको क्रममा कम्तीमा २४ आतङ्ककारी मारिएका र अन्य सात जना घाइते भएका अफगान गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
गत २४ घण्टाभित्र गरेको कारबाहीका क्रममा ती २४ आतङ्ककारी मारिनुका साथै अन्य सात घाइते भएका जारी विज्ञप्तिमा जानकारी दिइएको हो । सो कारबाहीको क्रममा अफगान सुरक्षाबललाई हवाइबलले समेत सहयोग गरेको बताइएको छ ।
अफगानिस्तानमा रहेको ३४ प्रान्तमध्ये १० वटामा सो कारबाही गरिएको थियो । यस कारबाहीको क्रममा सुरक्षातर्फ भने कुनै हताहती नभएको जनाइएको छ ।
अफगानिस्तानमा तालिवान र इस्लामिक स्टेट्स आतङ्ककारी समूहले अफगान सुरक्षाबललक्षित आक्रमणहरूमा सुरक्षाबलसहित सर्वसाधारणको ज्यान जाने क्रम जारी नै रहेको छ ।
यसैकारण अफगान सुरक्षाबलले पनि आफ्नो कारबाहीलाई भीषण बनाएको र यसमा उनीहरूले केही हदसम्म सफलता पनि पाएका छन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी