लन्डन । क्रिस्टल हेयर एण्ड ब्यूटी स्टुडियो लन्डनले काठमाण्डौंस्थित सांग्रीला होटलमा गत साता दोश्रो मेक ओभर प्लस २०१७ गरेको छ । उक्त मेक ओभर प्लस २०१७ का लागि मेकअप आर्टिष्ट बिना राई लन्डनबाट काठमाण्डौं गएकी हुन् ।
स्टेजमा लाइभ ‘ग्ल्यामरस लुक’ मेकअप डेमोन्सट्रेसनसहित गरिएको उक्त शो नेपालमा नौलो मानिन्छ ।
आरजे चिराग बाङदेलले सञ्चालन गरेको उक्त शोमा १० जना मोडलहरु सहभागी थिए । ति मोडलहरुले गाउन र क्याजवेल समर वेयरमा क्याटवाक गरे । मोडलहरुलाई बिना राईले सम्पूर्ण मेक अप गराएकी थिइन् ।
प्रशान्त ताम्राकार, कमल श्रेष्ठ लगायत अतिथी सहभागी उक्त शोमा सिमा राई एण्ड ब्याण्ड र सन्तोष महाताराले लाइभ म्यूजिक प्रस्तुत गरेका थिए ।
यसअघि बिना राईले गत जनवरीमा सांग्रीला होटलमै यस्तो शो गरेकी थिइन् । राईले अबको प्रोजेक्ट पोखरा र बुटबलमा गर्ने बताइन् । हालसम्म यूके ब्राण्ड सामाग्री प्रयोग गरेको जनाउंदै राईले भविष्यमा नेपालकै बजारमा उपलब्ध स्तरिय सामाग्री प्रयोग गर्ने सोच रहेको उल्लेख गरिन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने