बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले दशौँ अभिव्यक्ति श्रृंखलाको लागि कवि डा रूपक श्रेष्ठलाई मञ्च प्रदान गर्ने भएको छ ।
ब्रेकन, वेल्समा बसेको बैठकले सस्थाको दशाैँ अभिव्यक्ति श्रृंखलाको लागि डा श्रेष्ठलाई छनोट गरेको हो । यसवर्षको अभिव्यक्ति श्रृंखला आगामी २६ अगष्ट २०१७ को दिन हाइवेकममा गर्ने संस्थाले जनाएको छ ।
कवि डा रूपक श्रेष्ठ बेलायतका सक्रिय स्रष्टा हुन् । कविताबाहेक मुक्तक, गीत, गजल, हाईकु र कथा बिधामा उत्तिकै कलम चलाउने डा श्रेष्ठको कविता संग्रह ‘बिगबेन र समय’ (सन् २०१०) र ‘पोख्तक’ (सन् २०१४) मुक्तक संग्रह प्रकाशित भएको छ ।
यसैगरी कविता, गीत, गजल, मुक्तक, हाईकु र कथा संग्रहहरू प्रकाशोन्मुख रहेको उनको भनाइ छ । बाल्यकालदेखि साहित्यमा रूचि राख्ने गरेका डा श्रेष्ठका फुटकर रचनाहरू गरिमा, शारदा र युवामञ्चजस्ता पत्रिकाहरूमा पहिलेदेखि छापिँदै आएको छ । बेलायतबाट प्रकाशित हुने सबै पत्रपत्रिकाहरूको साथै कविता, मुक्तक र गजल संयुक्त संग्रहहरूमा उनको सृजनाहरू प्रकाशित हुँदै आएको छ ।
डा. श्रेष्ठ साहित्य लेखन संगसंगै साहित्यिक तथा सामाजिक संघसंस्थाहरूमा पनि सकृयता रहँदै आएका छन् । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्ष हुन् भने अनेसास बेलायत च्याप्टरको सल्लाहकार रहेका छन् । यसैगरी, नेपाल मुक्तक प्रतिष्ठान बेलायतको सल्लाहकार, पोखरा मुक्तक मञ्चको आजीवन सदस्य र प्यास गजल नेपालको आजीवन सदस्य रहेका छन् ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापना कालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति श्रृंखला आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरी तिनका सृजनाहरू प्रस्तुत गर्ने गर्दछ । पहिलोपटक सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम, सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ सालमा गायक नोर्देन तेन्जिङ भुटिया, सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राईलाई अभिव्यक्ति श्रृंखलामा मञ्च प्रदान भइसकेको छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा