साना, ६ असार । युद्धग्रस्त देश यमनमा हैजाबाट १ हजार १४६ को मृत्यु भएको मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मङ्गलबार सार्वजनिक गरेको यस प्रतिवेदनअनुसार गत अप्रिल २७ बाट सुरु भएको यस हैजाको प्रकोपबाट १ हजार १४६ जनाको मृत्यु भएको छ ।
साथै यस प्रकोपबाट अरु १ लाख ६६ हजार ९७६ जना प्रभावित भएका थिए । ती विरामीहरु अधिकांश उपचारपछि घर फर्किएका छन् भने अरु केही उपचाररत छन् ।
हाल सरकारको अधिनमा रहेको रहेका यमनका २३ प्रान्तहरु मध्ये २० वटामा भएको यस प्रकोप फैलिएको विश्व स्वास्थ्य संगठनले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।
गत अप्रिल २७ देखि हालसम्म २० वटा प्रान्तमा भएको यो प्रकोप उच्च गतिमा फैलिएको बताइएको छ ।
यस महिनाको सुरुमा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले दुई हप्तामा यस रोगबाट प्रभावितहरुको संङ्ख्या १ लाख ३० हजार पुग्ने अनुमान गरेको थियो ।
तर गत महिना विश्व स्वास्थ्य संगठनले अगामी ६ महिनाभित्र यो संङ्ख्या ३ लाख पुग्ने बताएको थियो । अझै पनि यसको प्रकोप कम भएको छैन ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी