साना, ६ असार । युद्धग्रस्त देश यमनमा हैजाबाट १ हजार १४६ को मृत्यु भएको मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मङ्गलबार सार्वजनिक गरेको यस प्रतिवेदनअनुसार गत अप्रिल २७ बाट सुरु भएको यस हैजाको प्रकोपबाट १ हजार १४६ जनाको मृत्यु भएको छ ।
साथै यस प्रकोपबाट अरु १ लाख ६६ हजार ९७६ जना प्रभावित भएका थिए । ती विरामीहरु अधिकांश उपचारपछि घर फर्किएका छन् भने अरु केही उपचाररत छन् ।
हाल सरकारको अधिनमा रहेको रहेका यमनका २३ प्रान्तहरु मध्ये २० वटामा भएको यस प्रकोप फैलिएको विश्व स्वास्थ्य संगठनले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।
गत अप्रिल २७ देखि हालसम्म २० वटा प्रान्तमा भएको यो प्रकोप उच्च गतिमा फैलिएको बताइएको छ ।
यस महिनाको सुरुमा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले दुई हप्तामा यस रोगबाट प्रभावितहरुको संङ्ख्या १ लाख ३० हजार पुग्ने अनुमान गरेको थियो ।
तर गत महिना विश्व स्वास्थ्य संगठनले अगामी ६ महिनाभित्र यो संङ्ख्या ३ लाख पुग्ने बताएको थियो । अझै पनि यसको प्रकोप कम भएको छैन ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा