
नुवाकोटको शिवपुरी गाउँपालिका–८, थानापतिस्थितको सानो छहरे झरनाबाट छाँगाबरोहण (क्यानोनिङ) गर्दै स्थानीय युवा । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्न यहाँ क्यानोनिङ (छाँगावरोहण) को प्रचुर सम्भावना देखिएको छ । तस्बिर : प्रकाश सिलवाल, रासस
थानापति (नुवाकोट), ३० जेठ । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रुपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) का लागि नुवाकोटमा प्रचुर सम्भावना देखिएको छ ।
नेपाल क्यानोनिङ एसोसिएसनले पछिल्लो समयमा काठमाडौँसँग जोडिएको यस जिल्लामा क्यानोनिङको पहिचान, प्रशिक्षण र स्थानीय समुदायलाई सक्रिय गराउन थालेपछि यसको सम्भावना बढेको हो । मनोरञ्जनका साथै पर्यटन प्रवद्र्धन र व्यावसायिक आयआर्जन तथा समुदाय परिचालनमा यसलाई जोड्न राजनीतिक दल, स्थानीय तह र सामाजिक कार्यकर्तामा जागरण समेत देखिएको छ ।
शिवपुरी गाउँपालिका– ८, थानापतिस्थित सानो छहरे झरनामा एसोसिएसनको सदस्य फ्रेन्स्स एडभेन्चरले गत वर्ष दिइएको दस दिने क्यानोनिङ प्रशिक्षणपछि यस वर्षबाट स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढेको छ । तर मोटरबाटोबाट झरनासम्म पुग्ने सहज बाटो निर्माण र व्यावसायिक मान्यता प्राप्ति हुन बाँकी छ ।
स्थानीय क्यानोनिङ व्यवस्थापन समितिले आयोजना गरेको छाँगावरोहणमा स्थानीय दस युवाले सो खेल गर्नाका साथै यसको निरन्तरता र व्यावसायिकतामा जोड दिन थालिएको छ । नेपाली काँग्रेसका सांसद् एवम् जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले सोमबार सो झरना र छाँगावरोहण अवलोकन गर्दै यसलाई व्यावसायिक रुप दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र हो । यसको विकास र प्रवद्र्धनमा हामी सबै लाग्नु आवश्यकछ, स्थानीय युवाको प्रयासको म प्रशंसा गर्दछु ।”
केसीसँगै स्थानीय राजनीतिक कार्यकर्ता केशव रिजाल, राजु उप्रेतीलगायतले सो क्यानोनिङ अवलोकन गरी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । यहाँ पुग्न काठमाडौँको टोखा, गुर्जेभञ्जयाङ हुँदै थानापतिको ढोडिनीसम्म करिब २७ किलोमिटरको मोटरबाटो र करिब आधा घन्टा पैदल हिँड्नुपर्छ ।
नेपालमा हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने भएकाले यसको प्रवद्र्धधनमा व्यवसायी पनि सक्रिय छन् । हाल क्यानोनिङ एसोसिएसनमा करिब ८० सदस्य पुगिसकेका छन् ।
एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाका अनुसार लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ हुँदै आएको छ । नुवाकोटको ककनी गाउँपालिकाको पौवाथोक र बुलबुले झरनामा पनि क्यानोनिङ सुरु भएको छ । उहाँले बाटो निर्माण गरी विदेशीका लागि डिजिटल सामग्री प्रचार गर्न सकिए व्यवसाय फस्टाउने बताउनुभयो ।
शिवपुरी गाउँपालिका– ८ का वडाध्यक्ष पदबहादुर थपलियाले गाउँमा हुने विकास र पर्यटन प्रवद्र्धनका लागि आफूहरु सबैसँग मिलेर जान तयार रहेको बताउँदै सानो छहरेको झरनामा क्यानोनिङबारे हालसम्म स्थानीय तहमा व्यावसायिक आवेदन भने आइनसकेको बताउनुभयो ।
स्थानीय क्यानोनिङ व्यवस्थापन समितिका अध्यक्ष हरि सिलवालले त्यसलाई व्यवसायिकता दिन पहल भइरहेको बताउनुभयो । ढोडिनीका स्थानीयवासी जीतबहादुर लामाले सो स्थान झरनाका साथै वनभोजस्थल र दृष्यावलोकनका लागि उपर्युक्त भएकाले सरकारले त्यसरुपमा विकास गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल