
नुवाकोटको शिवपुरी गाउँपालिका–८, थानापतिस्थितको सानो छहरे झरनाबाट छाँगाबरोहण (क्यानोनिङ) गर्दै स्थानीय युवा । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्न यहाँ क्यानोनिङ (छाँगावरोहण) को प्रचुर सम्भावना देखिएको छ । तस्बिर : प्रकाश सिलवाल, रासस
थानापति (नुवाकोट), ३० जेठ । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रुपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) का लागि नुवाकोटमा प्रचुर सम्भावना देखिएको छ ।
नेपाल क्यानोनिङ एसोसिएसनले पछिल्लो समयमा काठमाडौँसँग जोडिएको यस जिल्लामा क्यानोनिङको पहिचान, प्रशिक्षण र स्थानीय समुदायलाई सक्रिय गराउन थालेपछि यसको सम्भावना बढेको हो । मनोरञ्जनका साथै पर्यटन प्रवद्र्धन र व्यावसायिक आयआर्जन तथा समुदाय परिचालनमा यसलाई जोड्न राजनीतिक दल, स्थानीय तह र सामाजिक कार्यकर्तामा जागरण समेत देखिएको छ ।
शिवपुरी गाउँपालिका– ८, थानापतिस्थित सानो छहरे झरनामा एसोसिएसनको सदस्य फ्रेन्स्स एडभेन्चरले गत वर्ष दिइएको दस दिने क्यानोनिङ प्रशिक्षणपछि यस वर्षबाट स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढेको छ । तर मोटरबाटोबाट झरनासम्म पुग्ने सहज बाटो निर्माण र व्यावसायिक मान्यता प्राप्ति हुन बाँकी छ ।
स्थानीय क्यानोनिङ व्यवस्थापन समितिले आयोजना गरेको छाँगावरोहणमा स्थानीय दस युवाले सो खेल गर्नाका साथै यसको निरन्तरता र व्यावसायिकतामा जोड दिन थालिएको छ । नेपाली काँग्रेसका सांसद् एवम् जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले सोमबार सो झरना र छाँगावरोहण अवलोकन गर्दै यसलाई व्यावसायिक रुप दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र हो । यसको विकास र प्रवद्र्धनमा हामी सबै लाग्नु आवश्यकछ, स्थानीय युवाको प्रयासको म प्रशंसा गर्दछु ।”
केसीसँगै स्थानीय राजनीतिक कार्यकर्ता केशव रिजाल, राजु उप्रेतीलगायतले सो क्यानोनिङ अवलोकन गरी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । यहाँ पुग्न काठमाडौँको टोखा, गुर्जेभञ्जयाङ हुँदै थानापतिको ढोडिनीसम्म करिब २७ किलोमिटरको मोटरबाटो र करिब आधा घन्टा पैदल हिँड्नुपर्छ ।
नेपालमा हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने भएकाले यसको प्रवद्र्धधनमा व्यवसायी पनि सक्रिय छन् । हाल क्यानोनिङ एसोसिएसनमा करिब ८० सदस्य पुगिसकेका छन् ।
एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाका अनुसार लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ हुँदै आएको छ । नुवाकोटको ककनी गाउँपालिकाको पौवाथोक र बुलबुले झरनामा पनि क्यानोनिङ सुरु भएको छ । उहाँले बाटो निर्माण गरी विदेशीका लागि डिजिटल सामग्री प्रचार गर्न सकिए व्यवसाय फस्टाउने बताउनुभयो ।
शिवपुरी गाउँपालिका– ८ का वडाध्यक्ष पदबहादुर थपलियाले गाउँमा हुने विकास र पर्यटन प्रवद्र्धनका लागि आफूहरु सबैसँग मिलेर जान तयार रहेको बताउँदै सानो छहरेको झरनामा क्यानोनिङबारे हालसम्म स्थानीय तहमा व्यावसायिक आवेदन भने आइनसकेको बताउनुभयो ।
स्थानीय क्यानोनिङ व्यवस्थापन समितिका अध्यक्ष हरि सिलवालले त्यसलाई व्यवसायिकता दिन पहल भइरहेको बताउनुभयो । ढोडिनीका स्थानीयवासी जीतबहादुर लामाले सो स्थान झरनाका साथै वनभोजस्थल र दृष्यावलोकनका लागि उपर्युक्त भएकाले सरकारले त्यसरुपमा विकास गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते