लण्डन । बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच हरेक वर्ष संचालन हुने अन्तर विश्वविद्यालय नृत्य प्रतियोगिता यसवर्ष किंग्स्टन विश्वविद्यालयले जितेको छ । गत शुक्रबार एम्पाएर हल अल्डरसटमा आयोजित सो प्रतियोगितामा प्रथम हुँदै किंग्स्टन विश्वविद्यालयले ४०० पाउण्ड नगद पुरस्कार र ट्रफी हात पारेको हो । यसैगरी दोस्रो स्थान युनिभर्सिटी अफ वेष्ट लण्डन र तेश्रो स्थान रेडिङ युनिभर्सिटीले जित्यो । उनीहरुले क्रमशः २०० र १०० पाउण्ड नगद पुरस्कार जिते ।
प्रतियोगिताका निर्णायकहरुमा समिर गुरुङ, भावना जिमी र सुजाता राई थिए । कार्यक्रममा डान्स इण्डिया डान्स र झलक दिखला जाकी विजेता तेरिया मगर प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा किंग्स्टन, ब्रुनेल, रेडिङ, इष्ट लण्डन, मिडलसेक्स,बोर्नमाउथ र लण्डन साउथ ब्यांक विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी समाजले भाग लिएका थिए ।
यसवर्षको प्रतियोगिताको आयोजना युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड नेपाली विद्यार्थी समाजले गरेको थियो । कार्यक्रमलाई पर्चा प्रोडक्सन, इम्पाएर हल, गोरखा भान्सा घर, द सिंग्नेचर, बीफेष्ट, सपन इन्टरटेनमेण्टले प्रायोजन गरेका थिए । कार्यक्रममा ललिता थापा, भावना जिमी र प्रताप थापाले विशेष नृत्य देखाएका थिए ।
आयोजक समाजका अध्यक्ष सन्देश रानाको सभापतित्वमा भएको सो कार्यक्रम सफल बनाउन ब्याक स्टेजमा रितु राई, सन्देश राना र अमिर श्रीश, फ्लोरमा सागर लिम्बु, शिशिर लिम्बु, सुशान्त दियाली र अद्वैत क्षेत्री, टिकट बिक्रीमा मनिष गुरुङ, शीतल लिम्बु र आशा थापा, नृत्यमा मनिषा गुरुङ, एलिना सुब्बा, विनय राना, लक्ष्मी थापा, अनिस गुरुङ, जयनन्द राई, रितु राई सागर लिम्बु, अमिर श्रीश र सन्देश राना तथा स्वयंसेवकतर्फ ललिता थापा, दिपेन्द्र पुन, अनुपमा राई, असिम राई र सुवर्ण गुरुङ खटिएका थिए ।
कार्यक्रम दिनेश रोका, अमिर श्रीश र रितु राईले संचालन गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा