लन्डन । बेलायतको संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनीले पराजय भोगेका छन् । लेबोर पार्टीका तर्फबाट डार्टफोर्ड क्षेत्रमा उठेका कैनीले १८ हजार २४ मत ल्याए भने उनका प्रतिष्पर्धी कन्भरभेटिभ पार्टीका उम्मेदवार ग्यारेथ जोन्सनले ३१ हजार २१० मत ल्याएर जित हासिल गरे । कुल खसेको मतको ५७ दशमलव ६ प्रतिशत ल्याएर ग्यारेथ विजयी भएका हुन् । डार्टफोर्ड क्षेत्रमा अहिले चुनाव हारेपनि आशा नमरेको र भविष्यमा लेबोरको समर्थन जुटाउन नियमित लागिरहने कैनीले बताएका छन् ।
पराजित भएपछि राती अबेर कैनीले मतदाता र चुनावी अभियानका क्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । काउन्सिलर रहेका उनी अब काममै फर्कने र स्थानीय राजनीतिलाई पनि एकसाथ लैजाने योजनामा छन् ।
बिहीबार राती दशबजे मतदान कार्यक्रम समापन भएलगत्तै मतगणना शुरु भइसकेको छ । यो समाचार तयार पार्दासम्म कन्जरभेटिभ २६४, लेबोर २३६, स्कटिस नेशनल पार्टी ३३ र लिब्डेमले १० सिट जितेका छन् । ६५० सिटका लागि भएको निर्वाचनमा यसपटक कुनै पनि पार्टीले वहुमत नल्याउने मत सर्वेक्षणले देखाएका छन् । वहुमत ल्याउन ३२६ सिट चाहिने भएपनि यो निर्वाचनमा सत्तारुढ कन्जरभेटिभले ३१८, विपक्षी लेबोर पार्टीले २६७, स्कटिस नेशनल पार्टीले ३२ र लिब्डेमले ११ सिट ल्याउने ‘एक्जिट पोल’ ले देखाएको छ । यसले मिलीजुली सरकार बन्ने लगभग निश्चित छ ।
गत वर्षको ईयू जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट बाहिरिने भन्ने अनपेक्षित परिणाम आएपछि ब्रेक्जिट वार्ताका लागि ताजा जनमत लिन भन्दै प्रधानमन्त्री टेरेजा मेले तीन वर्ष अगावै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]