लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर र विश्व साहित्य महासंघ साउथ युकेको संयुक्त आयोजनामा दोश्रो वातावरण कविता गोष्ठी लण्डनमा सम्पन्न भएको छ ।
गत आइतबार चाल्टर्न एफसी हलमा भएको सो कार्यक्रममा गत सालझैँ यसवर्ष पनि बेलायतका १० वटा साहित्यिक संस्थाको सहभागिता थियो ।
कार्यक्रमको अध्यक्षता नेपाली राष्ट्रिय फूल लालीगुराँसलाई बनाईएको थियो भने प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी थिए । वातावरण र प्रकृतिसम्बन्धि जनचेतना जगाएर वातावरण संरक्षणतर्फ सबैलाई अभिप्रेरित गर्न आयोजित सो कार्यक्रमका संयोजक तथा आयोजकद्वय सुमलकुमार गुरुङ (अध्यक्ष अनेसास बेलायत च्याप्टर) र विजय हितान (अध्यक्ष विश्व साहित्य महासंघ साउथ यूके) थिए । उनीहरुले गत वर्षदेखि सबै बेलायतका सर्जकहरूलाई एकै स्थलमा संयोजन गरेर वातावरण कविता गोष्ठी शुरु गरेका हुन् ।
कार्यक्रमका अतिथिहरूमा मिस यूके नेपाल टेनिसा राना र नेपालबाट बेलायत भ्रमणमा आएका साहित्यकार कृष्ण पहारी थिए । कार्यक्रम सञ्चालिकाद्वय विश्व साहित्य महासंघ साउथ युकेकी महासचिव जानुका राई र अनेसास बेलायत च्याप्टरकी कार्यकारी सदस्य मन्जु भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रम संयोजक विजय हितानको स्वागत मन्तव्य र वातावरण सम्बन्धी केही तथ्यहरू र कविता गोष्ठीबारे प्रकाश पारेपछि शुरु गरिएको थियो । कविता वाचनकै क्रममा प्रमुख अतिथिको आगमन भएपछि उनले गुराँसको फेदमा जल सिंचन गरेर कार्यक्रम उद्घाटन गरे ।
यस कार्यक्रममा करिब चार दर्जन सर्जकले आ-आफ्नो सिर्जना वाचन गरेका थिए । युवाहरूको सहभागिता रहेको कार्यक्रममा डा. सुदर्शन गुरुङको चन्द्र सूर्य व्याण्डले केही मनमोहक गीतहरू प्रस्तुत गरेको थियो । कार्यक्रममा कविता वाचन गर्नेहरूमा ओमकार अधिकारी, निर्मला न्यौपाने, विनोद अधिकारी, हरिसिंह थापा, ध्रुव केसी, कोमल मल्ल श्रेष्ठ, खगेन्द्र नेपाली, रेशम आर्यल, मोतिराम भण्डारी, गोकुल भण्डारी, सचिन गु्रुङ, राजेन्द्र खवास, डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, रेखा खरेल, फणिन्द्र भट्टराई, बिशन थापा, मोहन आचार्य, नरेश काङमाङ राई, कृष्ण तिवारी, कृष्ण पहारी, टेनिसा राना, विश्वासदीप तिगेला, विजय हितान, जानुका राई, जानुका लिङदेन, औतारी साईला, कृष्ण बजगाई, विजय सापकोटा, दुर्गाप्रसाद पोख्रेल, बिरु मुकारुङ, शान्ति लिम्बु, सुनिल बुढाथोकी, बासु शर्मा, गीता खरेल, गोपाल शाही, चोक गुरुङ, पियुष गुरुङ, सानो बाबु (मन्जु भण्डारीकी पुत्र), सुमाया राई, लाल सुन्दर राई, चन्द्रकला लिम्बु, नानु राना र देवी आले आदि थिए ।
प्रमुख अतिथि साहित्यकार सुवेदीले यस्तो कार्यक्रम आपरिहार्य रहेको भनी आयोजकलाई धन्यवाद प्रकट गरे । साथै अब निकट भविष्यमा बेलायतका कथाकारहरूको कृति प्रकाशन गरिदिने जानकारी थिए । कार्यक्रमको अन्ततिर अनेसासका वर्तमान केन्द्रीय उपाध्यक्ष डा.रुपक श्रेष्ठले वातावरण कविता गोष्ठीको अवधारणाबारे प्रस्ट पारेका थिए । कार्यक्रममा सर्वश्रेष्ठ कविताको सम्मान सर्जक दुर्गाप्रसाद पोख्रेल, (अध्यक्ष नेपाल मुक्तक प्रत्तिष्ठान, बेलायत) ले प्राप्त गरे । प्रमुख अतिथिको बाहुलीबाट उनले लालीगुराँसको बोट पुरस्कार ग्रहण गरे ।
कार्यक्रम समापन गर्दै अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङले सबै प्रायोजक, आयोजक, सहभागीहरूलाई धन्यवाद दिए ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
एनआरएनएको अध्यक्षमा जापानबाट रोबिन शेरचनको उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिबद्धता सार्वजनिक