एभरेष्ट म्युजिकल ब्लास्ट सफल भएपछि आयोजक उत्साहित     

लन्डन । युकेको विभिन्न भागमा आयोजित ‘एभरेस्ट म्युजिकल ब्लास्ट’ को सफलतापछि आयोजकहरु हौसिएका छन् ।
इ मिडिया हबको आयोजनामा भएको सो साँगीतिक कार्यक्रममा नेपालबाट गायक रेवत राई र गायिका मेलिना राई सहभागी छन् । उनीहरुको साथमा युकेका स्थानीय कलाकारहरुले साथ दिएका छन् ।
अल्डरसटबाट शुरु भएको सो यात्रा ह्यारो, ननिङटन, केन्ट, विन्चेस्टर लगायत स्थानमा सम्पन्न भइसकेको छ । कार्यक्रमको सफलतापछि आयोजकहरु निकट भविष्यमा गर्न लागिएको ‘एभरेष्ट आइडल’ को तयारीमा लागेका छन् । सो गायन प्रतियोगितामा भाग लिन हालसम्ममा १७ जनाले आवेदन गरिसकेको बताइएको छ । आवेदकहरुमध्ये सुमी राई र सोनाहाङ राईले विन्चेष्टर र ह्यारोमा गीत गाउने मौका पनि पाइसकेका छन् ।
अक्टोबर २८ तारिख अल्डरसटको एम्पायर हलमा आयोजना हुने ‘ग्रान्ड फिनाले’ मा उत्कृष्ट ‘एभरेष्ट आइडल’ लाई १ हजार २ सय पाउन्ड (करिब १ लाख पचास हजार रुपैया), दोस्रो हुनेलाई ५ सय पाउण्ड र तेस्रो हुनेलाई २ सय पाउण्ड नगद तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको अवधारणाा मन पराउँदै मेडवेमा बसोबास गर्ने देउकी राईले हौसला र सहयोग होस भनेर दोस्रो पुरस्कार उपलब्ध गराउने प्रतिवद्धता जनाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री