लन्डन । आफूलाई गोर्खा कपमा प्रमुख अतिथी नबनाएको आक्रोश सार्वजनिक कार्यक्रममै व्यक्त गरेपछि चिसिएको तमुधिं यूके र राजदूतबीचको सम्वन्ध सुध्रिएको छ ।
बुधबार सांझ दुवै पक्षबीच दूतावासमा भएको छलफलमा विगत तिक्तता बिर्संदै सहकार्यमा अगाडि बढ्ने सहमति भएको हो । सोमबार सांझ दूतावासमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले गोर्खा कपमा आफूलाई प्रोटोकल विपरित वडा अध्यक्ष भन्दा तल राखिएको आक्रोश पोखेका थिए ।
वार्तापछि तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बिहीबार एक विज्ञप्ति जारी गर्दै संस्थाले गोर्खा कपमा राजदूत डा. सुवेदीको गरिमा र मर्यादामा केही कमी कमजोरी भएको स्वीकारेका छन् । बेलायतमा नेपालीको सबैभन्दा ठूलो जातीय संस्था तमु धिं यूकेले व्यवस्थापकीय कमजोरी सुधार गर्दै आगामी दिनमा पुनरावलोकन गर्न तयार रहेको जनाएको छ ।
भविष्यमा नेपाली राजदूतको समुपस्थिति हुने समारोहमा राजदूत पदको गरिमा, मर्यादा र सम्मानप्रति आफू पूर्णरुपले सचेत हुने प्रतिवद्धता समेत तमुधिं यूकेले व्यक्त गरेको छ । साथै संस्थाले नेपाली दूतावाससंग सहकार्य गरेर आगामी दिनमा नेपाली मेला, गोर्खा कप लगायत नेपाल र नेपालीको हित र कल्याण हुने कार्यमा अझ अग्रसर भई कार्य गर्न सदैव इच्छुक रहेको व्यहोरा समेत अवगत गराएको छ ।
तमु धिं यूकेले २८ मे मा सम्पन्न १५ औं गोर्खा कपमा राजदूत सुवेदीको समुपस्थिति र उद्घाटनका लागि कृतज्ञता समेत प्रकट गरेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते