काठमाडौँ, १६ जेठ । नेकपा (एमाले) ले मुस्लिम धर्मावलम्बीको महान् पर्व रमजानअन्तर्गतको अन्तिम शुक्रबार ‘जुमा अल बिदा’को दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महासचिव ईश्वर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पहिलो चरणको निर्वाचनअघिदेखि नै पार्टीले मुस्लिम समुदायको महान् पर्व इदउल–फित्रको समय पारेर निर्वाचनको मिति तोक्न नहुनेतर्फ सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ ।
संविधानत धर्मनिरपेक्ष राष्ट्रको मूल मर्ममा प्रहार गर्दै एक महिना लामो अवधिसम्म दिनभर निआहार बसी मनाइने पर्वकै समय पारेर जेठ ३१ गते निर्वाचनको मिति तय गरिएको थियो तर अहिले, त्यस मितिलाई अझ पछाडि सार्ने निर्णय गर्दासमेत मुस्लिम धर्मावलम्बीले मतदान गर्नै नसक्ने गरी ‘जुमा अल बिदा’ को दिन रोज्नु झनै खेदजनक विषय हो, विज्ञप्तिमा उल्लेख छ ।
गैर जिम्मेवार र मुस्लिम समुदाय विरोधी तथा सबै मुस्लिम समुदायका मतदातालाई मतदान गर्नबाटै बञ्चित गर्ने सरकारको यस्ता षडयन्त्रमूलक कदमप्रति घोर भत्र्सना गर्दै विज्ञप्तिमा सत्तारुढ दललाई यस्ता विषयमा विशेष संवेदनशीलता प्रदर्शन गर्नसमेत आग्रह गरेको छ ।
निर्वाचनको मितिमा पुनः विचार गर्न साझा पार्टीको आग्रह
काठमाडौँ, १६ जेठ । साझा पार्टीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्तिम शुक्रबारका दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।
इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल–फित्रको समय पारेर चुनावको मिति राखिएकोले त्यसबारे अविलम्ब पुनर्विचार गर्न सो पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्तिमार्फत आग्रह गर्नुभएको हो ।
पछिल्लो जनगणना अनुसार नेपालमा १२ लाख भन्दा बढी इस्लाम धर्मावलम्बी छन् ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान