
च्यारिटी सम्बन्धमा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिसंग केही साताअघि गरिएको छलफलका सहभागी । तस्विर सौजन्यः मिलन तमु
लन्डन । एक साता बांकी रहंदा बेलायतस्थित पत्रकारहरुको च्यारिटीका लागि ८ हजार पाउण्ड बढिको प्रतिवद्धता आइसकेको छ । कार्यक्रममा ४० टेबल बुक (सोल्ड आउट) भइसकेको आयोजक नेपाल पत्रकार महासंघ बेलायत शाखाले जनाएको छ ।
२१ मे सांझ अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा लिखित ‘नेपाल बेलायत सम्वन्धको द्विशताब्दी’ नामक पुस्तक समेत विमोचन गरिने भएको छ । शाखा अध्यक्ष नरेश खपांगीमगरले कार्यक्रममा लेबोर पार्टीका तर्फबाट नेपाली मुलका पहिलो संसदीय उम्मेदवार डा. बच्चु कैलाश कैनी, ब्लाइन्ड रक्सकी सृष्टि केसी र लक्ष्मी प्रतिष्ठानका विष्णु गौतम आउने तय भइसकेको जनाए । ‘कार्यक्रम मनोरन्जनसहित वौद्धिक र प्रेरणादायक बनाउने हाम्रो सोच छ’, खपांगीमगरले भने । लोकगायक खड्ग गर्बुजाको गायनसहित स्थानीय कलाकारहरुको नाच कार्यक्रममा थप आकर्षण हुनेछ ।
शाखाले आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले गर्न लागिएको उक्त च्यारिटीमा आर्थिक सहयोग गरिदिन समस्त नेपाली समुदायलाई अपिल गरेको छ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग