पत्रकारहरुको च्यारिटीप्रति आकर्षण बढ्यो, सबै टेबल ‘सोल्ड आउट’

च्यारिटी सम्बन्धमा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिसंग केही साताअघि गरिएको छलफलका सहभागी । तस्विर सौजन्यः मिलन तमु

लन्डन । एक साता बांकी रहंदा बेलायतस्थित पत्रकारहरुको च्यारिटीका लागि ८ हजार पाउण्ड बढिको प्रतिवद्धता आइसकेको छ । कार्यक्रममा ४० टेबल बुक (सोल्ड आउट) भइसकेको आयोजक नेपाल पत्रकार महासंघ बेलायत शाखाले जनाएको छ ।

२१ मे सांझ अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा लिखित ‘नेपाल बेलायत सम्वन्धको द्विशताब्दी’ नामक पुस्तक समेत विमोचन गरिने भएको छ । शाखा अध्यक्ष नरेश खपांगीमगरले कार्यक्रममा लेबोर पार्टीका तर्फबाट नेपाली मुलका पहिलो संसदीय उम्मेदवार डा. बच्चु कैलाश कैनी, ब्लाइन्ड रक्सकी सृष्टि केसी र लक्ष्मी प्रतिष्ठानका विष्णु गौतम आउने तय भइसकेको जनाए । ‘कार्यक्रम मनोरन्जनसहित वौद्धिक र प्रेरणादायक बनाउने हाम्रो सोच छ’, खपांगीमगरले भने । लोकगायक खड्ग गर्बुजाको गायनसहित स्थानीय कलाकारहरुको नाच कार्यक्रममा थप आकर्षण हुनेछ ।

शाखाले आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले गर्न लागिएको उक्त च्यारिटीमा आर्थिक सहयोग गरिदिन समस्त नेपाली समुदायलाई अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री