
गोरखाका मतदान केन्द्रमा सुरक्षाका लागि परिचालित सुरक्षाकर्मीहरु । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा-रासस
काठमाडौँ, २९ वैशाख । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले स्थानीय निकायको निर्वाचन जनताले चाहेकाले सोचेको भन्दा निकै शान्तिपूर्ण र दक्षिण एसियामै गौरव गर्नलायक वातावरणमा अघि बढिरहेको जनाएको छ ।
राजनीतिक दलका एकार्काेको जुलुस र पदयात्रा आमनेसामने हुँदा पनि एकार्काप्रति शुभकामना आदानप्रदानसहितको सौहार्दता देखाउनु भनेको शान्तिको उच्चतम अभ्यासको नमुना रहेको उक्त संस्थाले प्रारम्भिक टिप्पणी गरेको छ ।
सो संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हिमालयशम्शेर राणाले फरक पार्टीका उम्मेदवारबीच जम्काभेट हुँदा विगतको निर्वाचनको जस्तो मनमुटावको स्थितिमा नभई एकार्कामा सौहार्दपूर्ण वातावरणमा शुभकामना साटासाट गर्ने संस्कृतिलाई निकै राम्रो घटनाका रुपमा लिन सकिन्छ भन्नुभयो ।
मतदाता नामावली र मतदाता शिक्षाका बारेमा केही कमजोरी देखिए पनि समग्रमा निर्वाचनका लागि भइरहेका काम निकै सकारात्मक रहेको जनाउँदै उहाँले पर्यवेक्षकले पनि कसैतर्फ पनि नढल्किएर स्वतन्त्र र तटस्थ भएर महाअभियानका रुपमा रहेको स्थानीय निकायको निर्वाचनलाई सफल तुल्याउने भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।
जियोकका सदस्य एवं पूर्वसचिव खेमराज रेग्मीले निर्वाचनका लागि सरकारले उच्चस्तरको सुरक्षा व्यवस्था मिलाएकाले मतदातामा देखिएको उत्साह जीवन्त तुल्याउने काममा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । नेपाल कानुन समाजका कार्यकारी निर्देशक एवम् संस्थाका सदस्य सचिव कृष्णमान प्रधानले जियोकले पहिलो चरणको निर्वाचनमा मुलुकका १६ जिल्लाका सात सय ५२ मतदान केन्द्रमा पर्यवेक्षक खटाएको जानकारी दिनुभयो ।
पत्रकार हस्त गुरुङले स्थानीय तहको निर्वाचनमा देखिएको शान्तिपूर्ण वातावरण र उत्साहले लोकतान्त्रिक प्रक्रिया र पद्धतिमा ठूलो सुधार आएको तथा प्रचारप्रसारमा शान्ति र सद्भावको उच्चतम अभ्यास देखिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “मतदानबाहेक निर्वाचनको समग्र प्रक्रियालाई पारदर्शी तुल्याउँदै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित बनाउन आवश्यक छ, निर्वाचनप्रति मतदाता निकै उत्साहित छन्, मुलुक निर्वाचनमय बनेको छ ।”
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान