इस्लामाबाद (पाकिस्तान), २९ वैशाख । एक आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ ।
घटनामा २५ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताउनयो ।
यसैवीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शुक्रबार यहाँको बलुचिस्तान प्रान्तमा २५ जनाको ज्यान लिने गरी भएको विस्फोटको निन्दा गर्नुभएको छ ।
घटनाको इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत जिम्मेवारी लिएको छ ।
प्रधानमन्त्री सरिफले एक विज्ञप्ति जारी गरी पाकिस्तानी सिनेटका उपनेतासहित सम्पूर्ण घाइतेजनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रधानमन्त्रीले घाइते सबै जनाको उपचारमा कुनै कमी हुन नदिन प्रशासनलाई निर्देशन दिनुभएको छ ।
घटनामा पाकिस्तानी सिनेटका उपनेता अब्दुल गफुर हैदरी सामान्य घाइते भएको बताइएको छ । उहाँ चढेको कार भने विस्फोटका कारण पूर्णतया जलेर नष्ट भएको छ । विस्फोटमा केही प्रहरी अधिकारीसमेत घाइते भएको बताइएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ