इस्लामाबाद (पाकिस्तान), २९ वैशाख । एक आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ ।
घटनामा २५ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताउनयो ।
यसैवीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शुक्रबार यहाँको बलुचिस्तान प्रान्तमा २५ जनाको ज्यान लिने गरी भएको विस्फोटको निन्दा गर्नुभएको छ ।
घटनाको इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत जिम्मेवारी लिएको छ ।
प्रधानमन्त्री सरिफले एक विज्ञप्ति जारी गरी पाकिस्तानी सिनेटका उपनेतासहित सम्पूर्ण घाइतेजनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रधानमन्त्रीले घाइते सबै जनाको उपचारमा कुनै कमी हुन नदिन प्रशासनलाई निर्देशन दिनुभएको छ ।
घटनामा पाकिस्तानी सिनेटका उपनेता अब्दुल गफुर हैदरी सामान्य घाइते भएको बताइएको छ । उहाँ चढेको कार भने विस्फोटका कारण पूर्णतया जलेर नष्ट भएको छ । विस्फोटमा केही प्रहरी अधिकारीसमेत घाइते भएको बताइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते